कर्णाली अपराजित, चितवन र काठमाडौंको लागतार दोस्रो जित, मधेश र गण्डकी जितबिहीन

3 Oct, 2024

जारी एभरेष्ट वुमन्स भलिबल लिगमा कर्णाली याश्विसले आफ्नो पराजित यात्रलाई तेस्रो खेलसम्म निरन्तता दिएको छ। लागतार तेस्रो जित निकाल्ने क्रममा उनले ललितपुर क्विन्समाथि ३–०को सोझो सेटमा जित निकाल्यो।

कर्णालीले २५–२२, २५–२२, २९–२७ को सनसनीपूर्ण सेटमा जित निकालेको हो। सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुरले यसअघि दुई खेल जितेको थियो । कर्णाली लगातार तेस्रो जितसहित लिगमा अगाडि छ।

यस्तै, लिगमा चितवन शक्ति र काठमाडौं स्पाइकर्स दोस्रो जित निकाल्दा मधेश युनाइटेड र गण्डकी थन्डर्स अझै जितबिहीन छ।

चितवनले मधेशलाई ३–१को सेटमा हरायो। चितवनले २५–२०, २५–१९, १९–२५, २५–२१ सेटमा जित निकाल्यो। पहिलो, दोस्रो र चौथो सेटमा जित्दै चितवनले खेल जितेको हो । मधेशकाे याे लागतार तेस्राे हार हाे।

काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ ले हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको छ। काठमाडौंले गण्डकीलाई २५–२३, १९–२५, २५–२१ र २५–१६ ले हराएको छ। गण्डकीको भने यो तेस्रो हार हो।