खडकप्रसाद गौचन मेमोरियल क्रिकेटको उपाधि धनगढीलाई

3 Apr, 2024

रुपन्देहीमा सम्पन्न छैटौं खडकप्रसाद गौचन मेमोरियल यु(१९ क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमीले जितेको छ।

स्टार क्रिकेट एकेडेमीको आयोजनामा मंगलबार एक्ट्राटेक क्रिकेट मैदानमा भएको फाइनलमा सिइसी पल्सर काठमाडौंलाई १४ ले हराउँदै धनगढीले उपाधि जितेको हो।

टस जितेर ब्याटिङ गरेको धनगढीले ३२.५ ओभरमा अलआउट भएर १५० रन बनाउन सफल भयो । उसका लागि अशोक धामीले अर्धशतकपारि खेले भने सुवाष सिंहले २५ रन बनाए।

बलिङमा सिइसी काठमाडौंका दयानन्द मण्डलले ३, करन घर्ती मगर र स्मित बुढाले समान २ विकेट लिए।

१५१ रनको लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको सिइसीका खेलाडी ३५ ओभरमा १३८ रनमै सीमित भए। १३८ सिइसीका लागि सुमित सिंह बुढाले ४१, र स्मित बुढाले ४० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन।

बलिङमा धनगढीबाट निसान रेग्मीले ४ र सौर्य श्रेष्ठले २ विकेट लिए ।

विजेता धनगढीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सिइसीले २५ हजार रुपैयाँँ प्राप्त गरेको छ।

सिइसीका समीर बिष्ट प्लेयर अफ द सिरिज बने।