एकदिवसीय क्रिकेटबाट वार्नरले लिए सन्न्यास

1 Jan, 2024

३७ वर्षीइ अष्ट्रेलियन ओपनर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले सन् २०२३को अन्तिम दिन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषणा गरेका हुन्।

यसअघि नै टेस्ट क्रिकेटबाट पनि सन्न्यास लिइसकेका वार्नर अब टि–२० क्रिकेटमा अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छन्। उनले टि–२० क्रिकेटमा केन्द्रित हुन एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएको बताएका छन्।

उनले वानडे विश्वकको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताए। वार्नरले सन् २०२५मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आवश्यकता परे आफू उपलब्ध हुने बताएका छन्।

वार्नरले अष्ट्रेलियाका लागि १६१ ओडीआई खेल्दै २२ शतकको मद्दतमा ६ हजार ९३२ रन बनाएका छन्। उनी अष्ट्रेलियाका लागि वान डे मा सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छन् भने शतक बनाउने सूचीमा रिक्की पोन्टिङपछि दोस्रोमा छन्।