इंग्ल्यान्डसामु दक्षिण अफ्रिकाले घुँडा टेक्यो (इन्फोग्राफिक्स)

विश्वकप क्रिकेट २०१९ को उद्घाटन खेलमा दुई दाबेदार देश इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबिचको खेलमा इंग्ल्यान्डले प्रभावशाली जित हात पार्‍यो । ‘प्लेयर अफ द म्याच’ भएका अलराउन्डर बेन स्टोक्स बलिङ र ब्याटिङमामात्र होइन फिल्डिङमा पनि चम्किएपछि दक्षिण अफ्रिका इंग्ल्यान्डका सामु घुँडा टेक्न वाध्य भयो ।

ओपनर जोनी बेर्स्टोलाई पहिलो ओभरको दोस्रो बलमा गुमाएपनि अन्य ४ जना ब्याट्सम्यानले इनिङ सम्हाल्दै अर्धशतकिय इनिङ खेलेपछि इंग्ल्यान्डले ८ विकेट गुमाउँदै ३११ रनको उत्कृष्ट स्कोर खडा गरेको थियो । जेसन रोयले ५३ बलमा ५४ रन, जोय रुटले ५९ बलमा ५१ रन, इओन मोर्गानले ६० बलमा ५७ रन तथा बेन स्टोक्सले ७९ बलमा ८९ रन बनाएपछि इंग्ल्यान्डले घरेलु भुमिमा विश्वकपको शानदार सुरुवात गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि लुनि इंगिडीले ३ विकेट, इमरान ताहिर र कागिसो रबाडाले समान २ विकेट र एन्डिल फेलुक्वायोले १ विकेट लिएका थिए ।

३१२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले आशलाग्दो सुरुवात गरेपनि सम्हालिन नसक्दा सस्तैमा समेटियो । दक्षिण अफ्रिकाका लागि ७४ बलमा ६८ रन, भान डेर डुसेनले ६१ बलमा ५० रन तथा एन्डिल फेलुक्वायोले २५ बलमा २४ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले उल्लेखनिय योगदान दिन नसकेपछि ३९.५ ओभरमा केबल २०७ रन बनाएर अलआउट भयो ।

जोफ्रा आर्चरले ३ विकेट, लिआम प्लंकेट र बेन स्टोक्सले समान २ तथा अदिल रसिद र मोइन अलिले १–१ विकेट लिँदै इंग्ल्यान्डलाई १०४ रनको फराकिलो जित दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *