प्रशिक्षणमा फर्किए इंग्लिस बलर

इंग्ल्यान्डको राष्ट्रिय क्रिकेट टिमका बलरहरुले प्रशिक्षण थाल्ने भएका छन् । कोरोना भाइरसको महामारीका सम्पूर्ण गतिविधि रोकिएपछि विना प्रशिक्षण रहेका इंग्लिस बलरहरुले बिहीबारबाट प्रशिक्षण थाल्ने भएका हुन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका बलरले बिहीबारबा व्यक्तिगत रुपमा प्रशिक्षण थाल्ने इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ । बोेर्डले उनीहरुलाई विभिन्न ७ मैदानमा प्रशिक्षणको व्यवस्था मिलाएको छ । बलरहरुले चेस्टर ली स्ट्रिट, एड्बास्टन, होभ, ओल्ड ट्राफोर्ड, टाउनटन, द ओभल र ट्रेन्ड ब्रिजमा प्रशिक्षण गर्ने छन् ।

यसैगरी अन्य क्रिकेटरहरुले जुन १ बाट प्रशिक्षण थाल्ने पनि बोर्डले जनाएको छ । इंग्लिस क्रिकेट बोर्डसँग सेन्ट्रल कन्ट्रयाक्ट र काउन्टी सिस्टममा गरी ३० खेलाडी कन्ट्रयाक्टमा छन् ।

खेलाडीहरुले प्रशिक्षण थालेपनि खेलमा जुलाई १ सम्म प्रतिबन्ध नै छ । इंग्ल्यान्डमा जुन १ देखि खेलकुद गतिविधि बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *