भारतीय महिलाको प्रेममा म्याक्सवेल

विश्व क्रिकेटमा विस्फोटक ब्याट्सम्यानका रुपमा परिचित छन्, अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल । उनी टि–२० क्रिकेटमा १ नम्बर एक अलराउन्डर हुन् । राष्ट्रिय टिम र विश्वका फ्रेन्चाइट लिग म्याक्वेलले उत्कृष्ट प्रदर्शन गरिहेका छन् । उनले इन्डियन प्रिमियर लिग आईपिएलमा पनि कयौं उत्कृष्ट इनिङ खेलेका छन् ।

विश्वकै उत्कृष्ट अलराउन्डर ग्लेन म्याक्सवेल अहिले भारतीय महिला विनी रामनसँग प्रेम रहेको खबर सोसल मिडियामा भाइरल बनिरहेको छ । गलफ्रेन्डसँगको म्याक्सवेलको तस्बिर सोसल मिडियामा अहिले चर्चित बनिरहेको छ ।

दुवैले सम्बन्धका बारेमा केही नबताए पनि सर्वाजनिक भएका तस्बिरहरुबाट उनीहरु प्रेममा रहेको सहजै अनुमान लगाउने सकिन्छ । विनी मेलबर्न मै बस्छिन् । पेशाले उनी फर्मासिस्ट हुन् ।

विनीले म्याक्सवेलसँगका थुप्रै तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् । विनीले अस्ट्रेलियन क्रिकेटको अवार्ड समारोह, आयरल्यानड, दुबई भ्रमणका तस्बिर पोस्ट गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *