चार वर्षपछि भारतले गुमायो शीर्ष वरियता

भारतीय क्रिकेट टिमले चार वर्षपछि शीर्ष वरियता गुमाएको छ । सन् २०१६ देखि टेस्ट क्रिकेटमा शीर्ष वरियतामा रहँदै आएको भारतले नयाँ वरियतामा भने शीर्ष स्थान गुमाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आर्यसिसी)ले शुक्रबार जारी गरेको वरिता अनुसार भारत एकै पटक दुई स्थान तल झर्दै तेस्रो स्थानमा आइपुगेको छ । अस्ट्रेलिया लामो समयपछि टेस्ट क्रिकेटको शीर्षमा फर्किएको छ ।

सन् २०२० को सुरुवातमै भएको न्युजिल्यान्ड भ्रमणमा खराब प्रदर्शन गरेपछि भारतले ४ वर्षपछि शीर्ष वरियता गुमाउनु परेको हो । भारत न्युजिल्यान्डविरुद्धका दुवै खेलमा लज्जास्पदमा रुपमा पराजित भएको थियो । भारतले पहिलो टेस्टमा १० विकेट र दोस्रो टेस्टमा ७ विकेटले पराजित भएको थियो । भारतले एकदिवसीय सिरिज पनि ३–०ले गुमाएको थियो । सन् २०१९मा भने भारत टेस्ट क्रिकेटमा अपराजित थियो ।

तेस्रो स्थानमा रहेको भारतको ११४ रेटिङ छ भने शीर्ष स्थानको अस्ट्रेलियाको ११६ र दोस्रो स्थानको न्युजिल्यान्डको ११५ रेटिङ छ । यस्तै इंग्ल्यान्ड चौथो, श्रीलंका पाचौं, दक्षिण अफ्रिका छैठौं, पाकिस्तान सातौं, वेस्टइन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश दशौं स्थानमा छन् ।

आफ्ना दुई भरपर्दा खेलाडीहरू डेविड वार्नर र स्टिभ स्मिथ बल टेम्परिङमा प्रतिबन्ध परेपछि अस्ट्रेलियाको प्रर्दशन खस्किएको थियो । तर, दुवै खेलाडी गत एकदिवसीय विश्वकपको ठीक प्रतिबन्ध पुरा गर्दै मैदान फर्किएपछि अस्ट्रेलियन क्रिकेट लयमा फर्किएको छ । अहिले अस्ट्रेलिया टेस्टसँगै टि–२० वरियतामा पनि शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *