कोरोनापछि भारतको पहिलो दक्षिण अफ्रिका !

कोरोना भाइरसको महामारी पछिको पहिलो भ्रमणका रुपमा भारतले दक्षिण अफ्रिका भ्रमण गर्ने भएको छ । दुवै देशका लागि कोरोना भाइरसपछिको पहिलो खेल पनि हुने छ ।

दक्षिण अफ्रिका क्रिकेट बोर्डले भ्रमणका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँग पटक पटक आग्रह गरेपछि भारत दक्षिण अफ्रिका भ्रमणका लागि राजी भएको बताइएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले रोकिएको क्रिकेटको सुरुवात आफ्नो देशको भ्रमणका बाट गर्न पटक पटक आग्रह गरेपछि भारत राजी भएको हो ।

दुई देशका क्रिकेट बोर्डबीच सिरिज खेल्ने सहमति भएपनि त्यसका लागि दुवै देशको सरकारले पनि अनुमति दिनु पर्ने छ । दुवै देशको सरकारले अनुमति दिएपछि सिरिजको औपचारिक घोषणा गरिने बताइएको छ ।

दुई महिना अघि दक्षिण अफ्रिकी टिम भारत भ्रमणमा आएको थियो, तर कोरोना भाइरसका कारण दक्षिण अफ्रिकी टिम सिरिज नखेली नै स्वदेश फर्किएको थियो ।

दक्षिण अफ्रिका र भारतबीच अगस्तमा टी–२० सिरिज खेल्ने सहमति भएको बताइएको छ । उनीहरुबीच तीन खेलको टि–२० सिरिज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *