क्रिकेट गतिविधि सुरु गर्ने बिसिसिआईको तयारी

कोरोना भाइरसका कारण स्थगित भएको क्रिकेट गतिविधि सुरु गर्ने तयारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले गरेको छ । बिसिसिआईले चाडै प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।

बिसिसिआईले प्रशिक्षणका लागि क्याम्प खडा गरी राष्ट्रिय टिमका खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा खेलाडीहरू व्यक्तिगत रुपमा प्रशिक्षण गराइने बताइएको छ । प्रशिक्षणका लागि बिसिसिआईले सुरक्षित स्थान खोजिरहेको छ । स्थान भेटिनासाथ प्रशिक्षणको मिति तय गर्ने तयारी बिसिसिआईको छ ।

बिसिसिआईले बैंग्लोरको नेशनल क्रिकेट एकेडेमिमा अभ्यासको प्रवन्ध मिलाउने योजना बनाएको थियो । तर, कोरोनाको संक्रमणको त्रास कायमै रहेका कारण अझै केही वैकल्पिक स्थानको खोजीमा बिसिसिआई छ । बिसिसिआईका एक अधिकारीले भनेका छन्, ‘खेलाडीलाई सुरक्षित रुपमा अभ्यासको मौका दिइनुपर्छ । पहिलो प्राथमिक्ता उनीहरुको स्वास्थ्य रहेको कारण पनि व्यवस्थापकीय पाटो अझै बलियो बनाएर अघि बढ्नु पर्छ छ ।’

‘बीसीसीआई खेलाडीलाई अभ्यासमा पठाउने पक्षमा छ तर बिषय निकै जोखिम पूर्ण छ । हरेक खेलाडीलाई फिटनेसका लागि तालिका निर्धारण गरेर अघि बढ्ने, समाजिक दुरी कायम राख्ने, अभ्यास पछि सकुसल घर अथवा शिविर फर्काउने विषयमा नियमित छलफल हुँदैछ,’ ति अधिकारीले भने । भारतीय टिमकाे अभ्यास सुरु अर्को महिनादेखि हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *