सामीले गरेका थिए तीन पटक आत्महत्या प्रयास

भारतीय फास्ट बलर मोहम्मद सामीले तीन पटक आत्महत्या प्रयास गरेको बताएका छन् । सामीले आफ्ना सहकर्मी रोहित शर्मासँग इन्स्टाग्राममा लाइभ कुराकानी गर्दै जीवनबाट हार खाएर तीन पटक आत्म हत्या प्रयास गरेको बताएका हुन् ।

सन् २०१८ मा पत्नी हसिनाले घरेलु हिंसाको आरोप लगाउँदै सामीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही तनावका कारण आफूले आत्महत्या प्रयास गरेको उनले बताएका छन् । सामीले रोहितसँगको कुराकानीमा सन् २०१८ जीवनकै कहाली लाग्दो दिन भएको बताएका छन् ।

‘त्यतिवेला मेरो जिन्दगी तनावपूर्ण थियो, त्यो जीवनको सबैभन्दा कालो क्षण हो । मैले जिन्दगीबाट हरेस खाइसकेको थिएँ,’ सामीले भनेका छन्, ‘म जीवनदेखि हारिसकेको थिएँ,त्यसैले तीन पटकसम्म आत्महत्या प्रयास गरेँ ।’ त्यसबीच क्रिकेटका बारे आफूले कहिल्यै नसोचेको उनले बताउका छन् ।

आफूलाई त्यो अवस्थाबाट बाहिर ल्याउन परिवारले ठूलो सहयोग गरेको सामीले बताएका छन् । आफ्ना कारणले परिवारसमेत चिन्तिएको उनले बताए । ‘मैले कुनै गतल क्रियाकलाप गर्छु भनेर चिन्तित परिवार चिन्तित थियो । केही भएको छैन, तिमी पुरा नै अवस्थामा फर्कनु पर्छ भन्दै आत्मबल दिइरहनु भयो,’ सामीले रोहितसँग भने, ‘त्यसबीच ३÷४ जना साथीहरू २४सै घण्टा मसँगै हुन्थे । उनीहरूले मलाई धेरै सहयोग गरे । सायद उनीहरु हुदैन थिएभने मैले केही नराम्रो कदम उठाइरहेको हुन्थेँ होला ।’

भर्खरै १८ महिना लामो चोटबाट फर्किए लगत्तै त्यस्तो घटना भएकाले पनि आफू निराश बनेको सामीले बताएका छन् । सन् २०१५ को एकदिवसीय विश्वकपकै क्रममा घुँडामा चोट लागेपछि उनी १८ मैदान मैदान बाहिर रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *