२०७६ मा नेपाली क्रिकेट : फिल्डमा फिका, आउट फिल्डमा चर्चा

नेपाली खेलकुदको सबैभन्दा सफल खेल क्रिकेटमा यो वर्ष नेपालको प्रदर्शन औसत पनि हुन सकेन । २०७६ टिमका रुपमा नेपाली क्रिकेटको प्रदर्शन निराशाजनक रहे पनि केही खेलाडी व्यक्तिगत प्रदर्शनका कारण चर्चामा रहे । मैदान बाहिरका केही घटनाले पनि नेपाली क्रिकेट यसपटक चार्चामा रह्यो । ती थिए, नेपाल क्रिकट संघ (क्यान)को निलम्बन फुकुवा, क्यानको निर्वाचन, कप्तानी छोड्ने पारस खड्काको निर्णय र कीर्तिपुरस्थित टियू मैदानमा पहिलो पटक एकदिवीय खेलको आयोजना ।

२०७६ मा नेपाली क्रिकेटले केही महत्वपूर्ण प्रतियोतिगाहरू खेल्यो । तर, सबैमा निराशाजनक प्रदर्शन ग¥यो । सन् २०१४मै टि–२० विश्वकप खेलिसहेको नेपाल यो पटक विश्वकपको एसिया छनोटमै चिप्लियो । अन्तिमले खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लागेको थियो ।

यसैवर्ष एसिया कप क्रिकेटको छनोटको रुपमा रहेको एसिसी इस्टर्न रिजन र एसिसी इमर्जिङ टिम्स कप पनि खेल्यो । दुवैमा नेपालले खराब प्रदर्शन ग¥यो । अझ एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा नेपालको प्रदर्शन विर्सनालाय नै थियो । प्रतियोगिताको उपाधि दाबेदार नेपाल ४ मध्ये १ खेल मात्र जित्न सक्यो ।

पुरुष क्रिकेटमा नेपालले २९ अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा १९ टी–२०, ४ एकदिवसीय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ६ लिस्ट ए क्रिकेट खेलेको छ । जसमाले नेपालले १५ जित र १४ हारको समाना गरेको छ ।

घरेलु मैदानमा पहिलो एकदिवसीय खेल

एकदिवसीय मान्यता पाएको डेढ वर्षपछि नेपालले गत माघमा घरेलु मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रि खेल खेल्यो । यो अवसर आईसिसी विश्वकप लिग २ले जुराएको थियो । लिग–२अन्तर्गतको आमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा भएको थियो ।

त्रिकोणातमक सिरिजका ४ खेलमा नेपालले समान २ जित र हारको सामाना ग¥यो । नेपालले ओमानसँगको दुवै खेल गुमायो भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । त्रिकोणात्मक सिरिजको नेपाल र ओमानबीचको पहिलो खेलसँगै टियू क्रिकेट मैदानले पनि एकदिवसीय मैदानको मान्यता पाएको थियो । एकदिवसीय मान्यता पाउने टियू १०९औं मैदान हो ।

टि–२०मा सन्दीपको सय विकेट, कुशल र अञ्जलीको विश्वकीर्तिमान

अघिल्लो वर्ष झैँ सन्दीप लामिछाने यो वर्ष पनि सर्वाधिक चर्चामा रहने क्रिकेटर बने । विश्वका फ्रेन्चाइज लिग र राष्ट्रिय टिम दुवैमा सन्दीप छाए । गत फागुनमा भएको एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा मलेसिका विरन्दीप सिंहको विकेट लिँदै सन्दीपले टि–२० क्रिकेटमा १ सय विकेटको कोशेढुंगा पार गरे ।

सन् २०१८मा आईपिएल मार्फत टि–२० खेल्न सुरु गरेका सन्दीपले ७५ खेलमा १ सय विकेट पुरा गरेका हुन् । जसमा उनले राष्ट्रिय टिमबाट १९ र फेन्चाइज क्रिकेटमा ५६ खेल खेलका छन् । यसक्रममा उनले राष्ट्रिय टिमबाट २९ र फेन्चाइजमा ७१ विकेट हात पारेका छन् ।

यसैगरी युवा अलराउन्डर कुशल मल्लै एकदिवसीय क्रिकेटको डेब्यू खेलमै विश्वकीर्तिमान कायम गरे । विश्वकप क्रिकेट लिग–२ अन्र्तगतको त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध अर्धशतक बनाउँदै कुलश अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।

अमेरिकाविरुद्ध डेब्यू गर्दा कुशल १५ वर्ष ३४० दिनका मात्र दिए । यसक्रममा उनले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडे । रोहितले गत वर्ष भएको युएईविरुद्धको एकदिवसीय सिरिजमा १६ वर्ष १४६ दिनमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यसबेला रोहितले मास्टरब्लास्टर सचिन तेन्दुलकरको कीर्तिमान तोडेका थिए ।

यस्तै नेपाली महिला क्रिकेट टिमकी फास्ट बलर अञ्जली चन्दले यही वर्ष विश्वकीर्तिमान आफ्नो नाममा लेखाइन् । अञ्जलीले १३ औं सागअन्तर्गत माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नै नदिइ ६ विकेट लिँदै टि–२० महिला क्रिकेटमा उत्कृष्ट स्पेलको विश्व कीर्तिमान बनाएकी हुन् । अञ्जलीले सो क्रममा ह्याट्रिक पनि गरेकी थिइन् । यसअघि यो रेकर्ड मलेसियाकी मास अलिसाको नाममा थियो ।

यसैगरी यही वर्ष सोमपाल कामी र पारस खड्काले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो सुरुवात गरे । सोमपालले ग्लोबल टि–२० लिग क्यानडा खेलेको थिए भने पारसले दुबइमा भएको टि–१० लिग खेलेको थिए । दुवैले कमै मात्र अवसर पाएका थिए ।

१४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट

२०७६ मै नेपालले १४ वर्षपछि नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्यो । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग गत कात्तिकमा नेपालले १४ वर्षपछि तीनदिवसीय खेलमा सेतो जर्सीमा देखियो । नेपालले प्रथम श्रेणी क्रिकेट अन्तिम पटक सन् २००५ मा युएईसँग अन्तरमहादेशीसय कप खेलेको थियो ।

एसिसीसँगको सो खेल नेपालले २ सय ८ रनले गुमाएको थियो । सोही खेलमार्फत् कप्तान ज्ञानेन्द्र मल्लसहित ९ नेपाली खेलाडीले प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरेका थिए । डेब्यू गर्नेमा मल्लसहित दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, करण केसी थिए ।

क्यानमा नयाँ नेतृत्व

लामो समय नेतृत्वविहीन रहेको नेपाल क्रिकेट संघ (क्यान)ले यही वर्ष नयाँ नेतृत्व पायो । असोज ११ गते भएको निर्वाचनमा पूर्वअध्यक्ष विजयनराज पाण्डेलाई पराजित गर्दै चतुरबहादुर चन्द क्यानको अध्यक्ष बने । आईसिसीले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा क्यानले १७ सदस्यीय नयाँ नेतृत्व पाएको थियो । निर्वाचनमा ३९ जिल्ला र २० प्रदेशबाट आएका ५९ प्रतिनिधिले नयाँ कार्यसमितका लागि मतदान गरेका थिए ।

क्यान निलनम्ब फुकुवा

सरकारी हस्तक्षेपमा अवैधानिक निर्वाचन गराएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले २०७३ सालमा गरेको क्यानको निलम्बन साढे ३ वर्षपछि २८ असोजमा फुकुवा ग¥यो । आईसिसीकै रोहबरमा भएको निर्वाचन क्यानमा नयाँ नेतृत्व आएसँगै आईसिसीले निलम्बन फुकुवा गरेको थियो । निलम्बनमा हुँदा र फुकुवा हुँदा क्यानको नेतृत्वमा चतुरबहादुर चन्द नै थिए ।

०७२ मा क्यानको निर्वाचनसँगै दुई समानान्तर कमिटी गठन भएपछि आइसिसीले निलम्बन गरेको थियो । २८ मंसिर ०७२ मा क्यान निर्वाचन भयो, निर्वाचनबाट चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल महासचिव बने । क्यान निर्वाचनबाट असन्तुष्ट बनेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नवानिर्वचित पदाधिकारीलाई मान्यता दिएनन र अहिलेको सदसस्यसचिव रमेश सिलावको नेतृत्वमा समानान्तर समिति गठन गरे । यही विवादबीच क्यानलाई निलम्बन गरेको थियो ।

क्यानलाई निलम्बनमा परे पनि आईसिसीले नेपाली राष्ट्रिय टोलीलाई भने आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिएको थियो । क्यान लिनम्बनकै बीचमा नेपालले एकदिवसीय मान्यता पाएको थियो ।

कप्तानबाट पारसको राजिनामा

आईसिसीले क्यानको निलम्बन फुकुवा गरेको २४ घण्टा बित्न नपाउँदै पारस खड्काले नेपाली राष्ट्रिय टिमको कप्तान छाड्ने निर्णय गरे । पारसको अप्रत्यासित यो निर्णयले नोपली क्रिकेटमा ठूलै हलचल ल्यायो । आफ्नो नेतृत्वमा पारसले नेपाललाई टि–२० विश्वकप खेलाए पनि एकदिवसीय मान्यता पनि दिलाए । सन् २००९ देखि निरतार पारस नेपाली टिमको कप्तानका रुपमा रहँदै आएका थिए ।

पारसले कप्तानीका राजिनामा दिनुको मुख्य कारण क्यान पदाधिकारीसँगको तिक्त सम्बन्ध भएको पनि बताइन्छ । टि–२० विश्वकपमा सहभागी भएर फर्के लगत्तै पारसलगयतका खेलाडीहरूको उजुरीकै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोजले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत १० जनाविरुद्ध विशेष अदालतमा दायर गरेको थियो । पछि उनीहरू सफाइ पाए, अहिले चन्द र प्याकुरेल क्यानको नेतृत्वमा आएकाले पारसले कप्तानी छाडेको बताइन्छ ।

पारसले राजिनामा दिएसँगै क्यानले उपकप्तान ज्ञानेन्दै मल्लाई कप्तानीको जिम्मेवारी दिएको थिए । मल्ल नेपालको नवौं कप्तान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *