क्रिकेट बल चम्काउन थुको सट्टा अब पसिनाको प्रयोग गरिने

खेलका दौरान क्रिकेट बल चम्काउन थुको प्रयोग गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरको महामारी चलिरहेका बेला स्वास्थ्यकर्मीहरूको सुझाव अनुसार आईसिसीले बलमा थुक लगाउन प्रतिबन्ध लगाउन लागेको हो ।

अनिल कुम्बलेको नेतृत्वमा रहेको क्रिकेट कमिटी बनाएको यो नियम आईसिसीको प्रमुख कार्यकारी समितिले पास गरेपछि लागू हुने छ । यो नियम चाँडै कार्यकारी समितिमा पेश हुने छ ।

अब क्रिकेट बल चम्काउन थुकको सट्टामा पसिनाको प्रयोग गरिने छ । आईसिसीले स्वास्थ्यकर्मीहरूले बलमा थुकको सट्टा पसिना प्रयोग गर्दा सुरक्षित हुने सुझाव दिएपछि आईसिसी थुकको सट्टा पसिना प्रयोग गर्ने नियम बनाएको छ ।

बलमा थुक प्रयोग गर्दा कोरोना भाइरस सर्ने जोखिम भएकाले आईसिसीले थुकको सट्टा पसिना प्रयोग गर्न भनेको हो । आईसिसीको यो नियम निश्चित अवधिका लािग मात्र परिवर्तन हुने छ ।

कोभिड१९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई कायम राख्न यो प्रस्ताव गरिएको आइसीसीले मिडिया रिलिजमार्फत जनाएको छ । आईसीसी क्रिकेट कमिटीले कोभिड१९ को विषयसँग केन्द्रित हुँदै कन्फ्रेन्स कलमार्फत क्रिकेट म्याच बल र नन न्युट्रल अम्पायरस र रेफ्रीको बारेमा छलफल गरेको हो ।

क्रिकेट कमिटीको यो प्रस्ताव जुनमा आइसीसीको चिफ एक्जुकेटिभ कमिटी सामु स्वीकृतिका लागि पेश गरिने आईसीसीले जनाएको छ । आईसीसी मेडिकल एड्भाइजरी कमिटीका डाक्टर पिटर हार्कोटले बलमा प्रयोग गरिने सालिभा अर्थात र्यालको कारण भाइरस फैलिन सक्ने क्रिकेट कमिटीलाई जानकारी गराएको थियो ।

यसैगरी आईसीसी क्रिकेट कमिटीले तीनवटै फम्र्याट टेष्ट, ओडिआई र टी २०आई म्याचमा म्याच अफिसियलहरु नियुक्त गर्ने विषयमा समेत प्रस्ताव गरेको छ । २००२ यता आईसीसीले सहभागी टिमबाट अफिसियलहरु नियुक्त गरेको छैन ।

अहिलेको अवस्थामा ट्राभलका लागि चुनौती रहेको, क्वारेन्टिनमा बस्नैपर्ने नियम रहेको जस्ता विषयले गर्दा क्रिकेट कमिटीले केही समयका लागि स्थानीय म्याच अफिसियललाई नियुक्त गर्न सकिने प्रस्ताव राखेको हो । यस विषयमा आईसीसीले लोकल एलाइट र इन्टरनेशनल पयानल रेफ्री र अम्पायरबाट तय गर्नेछ । यदि त्यहाँ इलाइट प्यानल म्याच अफिसियल नभएमा सबैभन्दा उत्कृष्ट लोकल इन्टरनेशनल म्याच अफिसियल नियुक्त गर्न सकिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *