पाकिस्तानले इंग्ल्यान्ड भ्रमण गर्ने

पाकिस्तानले तीन महिनापछि इंग्ल्यान्डको भ्रमण गर्ने भएको छ । केही अगाडि मात्रै जुलाइका लागि तय भएको आयरल्यान्ड भ्रमण पास्तिानले रद्द गरेपछि इंग्ल्यान्ड भ्रमण पनि रद्द हुने आशंका गरिएको थियो ।

पाकिस्तान क्रिकेट बार्ड (पिसिबी)ले कोरोनाको महामारीबीच पाकिस्तन क्रिकेट टिमलाई इंग्ल्यान्ड भ्रमणका लागि स्वीकृति दिएको छ । पाकिस्तानले इंग्ल्यान्डमा ३ टेस्ट र ३ एकदिवसीय खेलका दुई सिरिज खेल्ने छ । सिरिज जुलाई ३०बाट सुरु हुने छ ।

इंग्ल्यान्ड पुगेपछि पाकिस्तानी टिमले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा भने बस्नु पर्ने छ । त्यसपछि कोरोना परीक्षण गरेपछि मात्र सिरिज सुरु हुने छ । यो सिरिज कोरोनाको महामारी पछि सुरु हुने पहिलो सिरिज हुने छ ।

इंग्ल्यान्ड भ्रमणका लागि पाकिस्तन क्रिकेट बोर्डले २५ खेलाडी छनोट भइसकेको जनाएको छ । उनीहरुलाई चार्टर्ड विमानमार्फत इंग्ल्यान्ड पठाउने पिसिबीले जनाएको छ । ्

कोरोनाका अहिले विश्वभरकै सबै क्रिकेट गतिविधि स्थागित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *