जुनबाट श्रीलंकामा क्रिकेट सुरु हुने

कोरोना भाइरुसको महामारीका कारण रोकिएको श्रीलंकाको क्रिकेट गतिविधि जुनबाट सुरु हुने भएको छ । श्रीलंका क्रिकेट बोर्डले कोरोनाको त्रासबीच नै जुनबाट क्रिकेट गतिविधि सुरु गर्ने तयारी गरेको हो ।

सोही अनुसार बोर्डले राष्ट्रिय टिमका प्रशिक्षक मिक्की आर्थरलाई जुनबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न भनेको छ । सोही अनुसार आर्थरले पनि खेलाडीलाई अभ्यासका लागि तयार रहन भनिसकेका छन् । उनले प्रशिक्षण सुरु गर्न सरकार र स्वास्थ्य मन्त्रालयले अनुमति दिइसकेको बताए ।

गत बुधबार बसेको बोर्डको बैठकले राष्ट्रिय टिमको प्रशिक्षण जुनबाट सुरु गर्ने निर्णय गरेको हो । आर्थरले सुरुमा २ फास्ट बलर अभ्यास सुरु गर्ने र सबै सकारात्मक र सही तरिकाले चले सबै टिमलाई अभ्यासमा सहभागी गराउने योजना रहेको बताए ।

ुफास्ट बलरलाई लयमा ल्याउन समय लाग्ने भएको कारण सुरुमा फास्ट बलरलाई अभ्यासमा बोलाउने योजना रहेको उनले बताए । उनले भने, ‘सबै सकरात्मक रहे जुन २० सम्म सबै खेलाडीलाई अभ्यासमा सहभागी गराउने छौं ।’

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज रद्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *