सन्दीपलाई धम्कीपूर्ण म्यासेज पठाएको गौशाला २६ द्वारा स्वीकार

29 Dec, 2023

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी गौशाला २६ ले आज इजलाससमक्ष आफ्नो संक्षिप्त भनाइ राखिन् । दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन् ।

न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब ३ मिनेट बोलेको स्रोतले बतायो । आफूले केही दिनअघि सन्दीप लामिछानेलाई ‘धम्कीपूर्ण’ म्यासेज पठाएको उनले इजलास समक्ष स्वीकारेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गौशाला सन्दीपलाई ‘जसरी पनि जेल हाल्ने’ आशयसहित म्यासेज गरेकी थिइन्। यस विषयमा आज सन्दीपका वकिलहरुले इजलासमा गुनासो गरेका थिए । यही विषयमा गौशालाले प्रष्टीकरण दिएको बताइएकाे छ।

‘हो मैले उसलाई ‘जति एटेन्सन सिक गर्ने हो जेलबाहिर हुँदै गर’, उनको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो ।

आफ्नो भनाइ राखेपछि फैसला नहुँदै गौशाला अदालतबाट बाहिरिएकी छिन् । उनी एक व्यक्तिसँग मोटरसाइकलमा चढेर अदालतबाट बाहिरिएकी हुन् ।