एन्फा अध्यक्ष भन्छन्, दशरथ रंगशालामा क्वारेन्टाइन बनाउनु हुँदैन

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालालाई क्वारेन्टाइन बनाउन नहुने बताएका छन् । ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सर्वाजनिक कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रम बढिरहेको अवस्थामा सरकारले दरशथ रंगशालामा पनि क्वारेन्टाइन बनाउने चर्चा चलिरहेको बेलामा अध्यक्ष शेर्पाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलाई क्वारेन्टाइनका लागि मैदान उपलब्ध नगर्न नदिने आग्रह गरे ।

‘भर्खरै पुनर्निमाण भएको एकमात्र रंगशालमा क्वारेन्टाइन बनाउने खबर हाम्रा लागि राम्रो होइन । मैले पनि भर्खरै यो खबर सुनेँ, यो नराम्रो हो,’ अध्यक्ष शेर्पाले भने, ‘दशरथ रंगशालाको मैदान हामीले लकडाउनमा पनि मर्मत गरिरहेका छौं । यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने हो भने यहाँ क्वारेन्टाइन बनाउन नदिन सदस्य सचिवले पनि प्रयास गर्नुपर्छ ।’

क्वारेन्टाइन राखिएको खण्टमा मैदानमा उमारिएको घाँस सबै मर्ने भएकाले फेरि मैदानको काम जिरोबाट सुरु गर्नुपर्ने उनले बताए । शेर्पाले मैदानलाई बचाउदै अन्य ठाउँमा भने क्वारेन्टाइन बनाउन सकिने बताए ।

दशरथ रंगशालाको मैदानको विकल्प दिन एन्फा तयार रहेको बताउँदै अध्यक्ष शेर्पाले क्वारेन्टिनको लागि स्कुल कलेजलाई अनुरोध गर्न सकिने बताए । यसअघि एन्फाले रौतहटको महिला फुटबल एकेडिमी र बुटवलको एन्फा टेक्निकल सेन्टर भने क्वारेन्टिनका लागि उपलब्ध गराएको थियो ।

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नेपालको रंगशाला गत मंसिरमा भएको १३औं सागका लागि पुनर्निर्माण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले दशरथ रंगशालामा क्वारेन्टिन बनाउने विषयमा केही नबोले पनि उनले रंगशालालाई क्वारेन्टिनमा प्रयोग गर्न नहुने प्रति संकेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *