ताजकिस्तानविरूद्ध अञ्जनले बनाउलान त कीर्तिमान?

13 Nov, 2024

नेपाली राष्ट्रिय फुटबल टिम ५ महिनापछि मैदान उत्रँदै छ। जसमा नेपाली टिमले ताजकिस्तानसँग उसकै मैदानमा खेल्नेछ।

यो खेललाई पुरै नेपाली टिम उत्साहित छ। अझ बढी उत्साहित स्टार स्ट्राइकर अन्जन विष्ट छन्।

चोटका कारण विश्वकप छनोटको अन्तिम दुई खेल गुमाएका उनी चोटमुक्त हुँदै मैदान फर्कन तयार छन्। यो खेलमा उनीसँग नयाँ कीर्निमान बनाउने अवसर छ।

आज गोल गर्न सकेन उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन्। यसक्रममा उनले पूर्वकप्तान हरि खड्का र निराजन रायमाझीलाई पछि पार्ने छन्। अहिले तीनै जनाले समान १३ गोल गरेका छन्।

अब एक गोल गरेमा उनले नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनेछन्। ताजिकिस्तान र अफगानिस्तानविरुद्ध खेल्दा अञ्जनका लागि पनि व्यक्तिगत कीर्तिमान बनाउने अवसर हुनेछ ।

अञ्जनले पछिल्लो पटक फिफा विश्वकप छनोटको प्रारम्भिक चरणको छनोट अन्तर्गत लाओसविरुद्ध घरेलु मैदानमा गोल गर्दै कीर्तिमान बराबरी गरेका थिए। तर त्यसपछि भने उनले गोल गर्न सकेका छैनन्।