कोल्नका खेलाडीमा कोरोना देखिएपछि बुन्डेस लिगा थप अन्योलमा

बुन्डेस लिगा क्लब कोल्नका खेलाडीमा कोरोन भाइरसको संक्रमण देखिए पछि बुन्डेस लिगा थप अनिश्चित बनेको छ ।

कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थागित बुन्डेस लिगा मे १६बाट सुरु गर्ने तयारी जर्मन फुटबल संघले गरेको छ । तर, यो घटनाले भने बुन्डेस लिगा सुरु हुनेमा थप अन्योल पैदा गरेको छ ।

कोरोना भाइरसको त्रासबीच प्रशिक्षणमा सुरु गरेको जर्मन बुन्डेस लिगा क्लब कोलोनका तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको हो । कोल्नले महामारीबीच दुई साता अघिदेखि प्रशिक्षण सुरु गरेको थियो ।

क्लबले गत बिहिबार प्रशिक्षक, अफिसियल तथा स्टाफ सहित सबैको कोरोनाको परिक्षण गरेको थियो । गोपनियतालाई ध्यानमा राखेर तीन जना सदस्यको परिचय खुलाइएको छैन । तर, कोल्नले प्रशिक्षण भने रोकेको छैन ।

सुरुमा बुन्डेस लिगामा मे ९बाटै सुरु गर्ने संघले तयारी गरेको थियो । तर, सरकारले निर्णय गर्न ढिला गरेपछि बुन्डेस लिगा १६ मेसम्म सारिएको छ । कोरोनाकै कारण फ्रेन्च लिग वान, डच लिग, बेल्जियमका लिग रद्द भइसकेका छन् भने सिरि ए, ला लिगा र प्रिमियर लिगमा पुनः सुरु हुने नहुने निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *