कोस्टारिकामा सुरु भयो लिग

कोरोना भाइरसको महामारीका कारण रोकिएको कोस्टारिकाको लिग सुरु भएको छ । बिहीबारबाट बन्द रंगशालामा कोस्टारिकाको लिग सुरु भएको हो । कोरोनाको त्रासबीच लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी मुलुक बनेको छ ।

कोरोनाका कारण कोस्टारिकाको लिग गत मार्च १५ मा स्थागित भएको थियो । पुनः सुरु भएको लिगमा बिहीबार गुवाडालुपे र लिमोन भिडेका थिए । लिग पुनः सुरु भएपछि गुवाडालुपेका खेलाडी अर्टुरो क्याम्पोसले भनेका छन्, ‘असहज अवस्थामा पनि खेलमा फर्किएका छौं, अत्यन्त खुसी छौं ।’ उनैले गुवाडालुपेका लागि विजयी गोल गरेका थिए । बिहीबार ३ खेल भएका थिए ।

कोरोनापछि सुचारु भएको लिगमा केही नियम परिमार्जन भएका छन् । जुन जर्मन बुन्डेस लिगासँग मिल्दोजुल्दो छ । नयाँ निमय अनुसार गोलको खुशीयालीमा एक अर्काबिच अंकमाल गर्न प्रतिबन्ध लगाइएको छ भने प्रशिक्षक, अतिरिक्त खेलाडी र कोचिङ स्टाफले बेन्चमा सामाजिक दुरी कायम गरेर मास्क लगाएर बस्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *