मेसिक्सन क्लबका ८ खेलाडीका देखियो कोरोना

मेक्सिकोको शीर्ष डिभिजन म्याक्स लिग क्लब सान्तोस लगुनाका ८ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सान्तोसले आफ्ना ८ जना खेलाडीले कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पुष्टी गरेको छ ।

म्याक्स लिगले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै सान्तोसका ८ खेलाडीमा कोरोना संक्रण देखिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सान्तोसका सम्पूर्ण खेलाडीको कोरोना परीक्षण गरिएको थियो, जसमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमा कोरोना कुनै पनि लक्षण थिएन ।’

उनीहरू सबैलाई आसोलेसनमा राखेर उपचार गरिरहेको क्लबले जनाएको छ । संक्रमित खेलाडीको नाम सार्वाजनिक गरिएको छैन ।

कोरोनाका कारण म्याक्स लिग मार्च १५ देखि स्थागित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *