जर्मन क्लब डाइनामोका खेलाडीमा देखियो कोरोना

जर्मनीको क्बल डाइनामो ड्रेसडेनका दुई जनामा कोरोना संक्रमण देखिएको छ । दोस्रो डिभिजन क्लब डाइनामोका एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना संक्रमण पाइएको हो ।

दुवैलाई छुट्टै आइसोलेसनमा राखिएको क्लबले जनाएको छ । यस्तै, क्लबका दुई जनामा कोरोना संक्रमण देखिएपछि खेलाडीसहित सम्पूर्ण स्टाफलाई आइसोलेसनमा राखिएको छ । यसअघि पनि डाइनामोका अन्य २ खेलाडीमा कोरोना देखिएको थियो ।

अन्यको पुनः कोरोना परीक्षण गरेपछि शनिबारबाट प्रशिक्षण थाल्ने बताइएको छ । कोरोनाका कारण रोकिएको जर्मनीका दुवै डिभिजन गत शनिबारबाट सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *