बुन्डेस लिगा : बर्लिन डर्बीमा हर्थको शान

बर्लिन डर्बीमा हर्थले शनदार जित हात पारेको छ । शुक्रबार राति भएको बर्लिन डर्बीमा हर्थले युनियन बर्लिनमाथि ४–०को फराकिलो जित निकालेको हो ।

ओलम्पिक रंगशालामा शुक्रबार राति भएको बर्लिन डर्बीमा हर्थले दोस्रो हाफमा प्रभावशाली प्रर्दशन गर्दै ४–०को जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ५१ औं मिनेटमा वेद इबिसविकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा डोडी लुकेबाकियोले अग्रतालाई दोब्बर बनाए ।

सान्तोष कार्नेईरो दा कुन्हाले ६१ औं मिनेटमा हर्थलाई ३–० को अग्रता दिलाए । म्यान्चेष्टर सिटीका पूर्वडिफेन्डर डेडरिक बायटाले ७७ औ हेडमार्फत गोल गर्दै ४–० को नतिजा निकाले । सन् २०१३ पछि हर्थले घरेलु मैदानमा सबैभन्दा ठुलो जित आत्मसाथ गरेको हो ।

जितसँगै हर्थ ३४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *