खेलाडीको रिपोर्ट नेगेटिभ, इन्टरले सोमबारबाट प्रशिक्षण थाल्ने

इटालियन सिरि ए क्लब इन्टर मिलानका सबै खेलाडीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सिरि ए सुरु गर्ने तयारी भएपछि इन्टर मिलानले प्रशिक्षण सुरु सबै खेलाडीलगायत सम्पूर्ण कर्मचारीको कोरोना परीक्षण गरेको हो ।

सबैको रिपोर्ट नेगेटिभ आएपछि इन्टर मिलानले आजैबाट प्रशिक्षण सुरु गर्ने छ । कोरोनाका कारण रोकिएको सिरि ए सुरु गर्ने तयारी स्वरुप इटाली सरकारले क्लबहरुलाई अघिल्लो सातादेखि नै प्रशिक्षणको अनुमति दिएको थियो । युभेन्ट्स, नापोली, एसी मिलानलगायतका क्लबले अघिल्लो सातादेखि नै प्रशिक्षण सुरु गरिसकेका छन् ।

युभेन्ट्स, पार्मा, एट्लान्टालयायतका क्लबका खेलाडीमा कोरोना देखिए पनि इन्टर मिलानका कुनै पनि खेलाडीमा कोरोना देखिएको छैन । शनिबार मात्र पार्माका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

स्थागित सिरि ए जुनमा सुरु गर्ने तयारी लिग कमिटिको छ । कोरोनाका कारण रोकिएको बुन्डेस लिगा शनिबारबाट सुरु भइसकेको छ भने ला लिगा जुन दोस्रो साताबाट सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *