राकाटिक भन्छन्, पुनः सेभियाबाट खेल्न लालायित छु

स्पेनिस क्लब बार्सिलोनाका क्रोएसियन मिडफिल्डर इभान राकाटिकले सेभियाबाट खेलन लालायित भएको बताएका छन् । उनले एक अन्तर्वार्ताका क्रममा आफू पुनः सेभियाबाट खेल्न आतुर भएको बताएक हुन् ।

३२ वर्षीय राकाटिक सन् २०१४ मा सेभियाबाटै बार्सिालेना आएका हुन् । पछिल्ला दुई सिजन राकाटिक बार्सिलोनाको पहिलो रोजाइमा पर्न छाडेका छन् । सोही कारण उनले बार्सिलोना छाड्न पनि चाहिरहेका छन् ।

राकाटिकले एक अन्तर्वार्तामा पुनः सेभियाबाट खेल्न आतुर रहेको बताएपछि उनी पुनः सेभिया फर्कने आँकनले धेरैले गरेका छन् । पर्याप्त अवसर नपाउँदा राकाटिक बार्सिलोनामा पनि खुसी छैनन् । राकाटिकलाई किन्न इंग्लिस क्लब टोटनह्याम र इटानलिय क्लब इन्टर मिलान पनि लागि परेका छन् ।

राकाटिकले भनेका छन्, ‘फेरि सेभियाबाट खेल्न पाएँ म अत्यन्त खुसी हुने छु । मलाई फेरि पनि सेभियाबाट खेल्न मन छ । सेभिया छाडेको ६ वर्ष भइसक्यो म अझै पनि सेभियाको खेल हेरिरहेको हुन्छु, उसको गोलमा रमाउँछु ।’ राकाटिकले सेभियाको गोलमा आफूले खुसी मनाउने गरेको पनि बताएका छन् ।

बार्सिलोनामा ६ सिजना बिताउँदा राकाटिकले १९९ खेल खेल्दै ३५ गोल गरेका छन् । उलने बार्सिलोनाबाट १२ उपाधि जितेका छन् । जसमा ४ ला लिगा, ४ कोपा डेल रे, २ सुपरकोपा डे स्पाना तथा १–१ च्याम्पियन्स लिग र युइएफए सुपरकप जितेका छन् ।

राकाटिकले स्वीस क्लक एफसी बासेलबाट सिनियर क्लब फुटबल सुरु गरेका थिए । त्यहाँ दुई सिजन बिताएपछि उनी सन् २००७ मा जर्मन क्लब साल्के गएका थिए । सन् २०११ मा साल्के छाड्दै उनी सेभिया आएका थिए । त्यहाँ उनले १४९ खेलमा ३४ गोल गरेका थिए । क्रोएसियाबाट राकाटिकले १०६ खेलमा १५ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *