लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले रियल म्याड्रिडले एलभासेलाई १–० ले हराएर बिहीबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । नाचोलाई रातो कार्डमा गुमाएको रियल १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।

यसअघि शीर्षमा रहेको जिरोनाले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि रियलसामु अगाडि बढ्ने अवसर मिलेको थियो । रियलको १८ खेलबाट ४५ अंक छ भने जिरोनाको पनि समान खेलबाट ४५ अंक नै छ

बार्सिलोना भने ३८ अंकमा तेस्रो स्थानमा छ । अन्य खेलमा रियल मार्लोकाले ओसासुनालाई ३–२ ले हरायो भने काडिज र रियल सोसिडाडले गोलरहित बराबरी खेले ।

Back To Top