ला लिगा जुन ८बाट सुरु हुने

कोरोना भाइरसको महामारीका कारण स्थागित भएको स्पेनिस ला लिगा ८ जुनबाट सुरु हुने भएको छ । प्रधानमन्त्री पेड्रे सान्चेजले ला लिगा ८ जुनबाट सुरु गर्न अनुमति दिएका छन् । उनले शनिबार ला लिगालाई ८ जुनबाट सुरु गर्न अनुमति दिएका हुन् ।

यसअघि ला लिगा जुन १२ बाट सुरु गर्ने तयारी थियो । त्यसैअनुसार क्लबहरुले दुईसाता अघिबाट प्रशिक्षण पनि थालिसकेका छन् ।

प्रधानमन्त्री सान्चेजले भनेका छन्, ‘ला लिगा जुन ८ बाट सुरु गर्न सकिन्छ । त्यसका मैदानमा सबै स्वास्थ्यक सुरक्षात्मक उपायहरु अपनाउनु पर्छ । सरकारी सुरक्षा नियमको पनि पालना गर्नुपर्ने छ ।’

स्थागित लिग पुनः सुरु हुँदा पहिलो खेल भिल्ले डर्बी भिडन्त हुने छ । जसमा सेभिया र रियल बेटिस भिड्ने छन् । ला लिगाका अहिलेसम्म लिगको सेड्युल सर्वाजनिक गरेको छैन ।

यसैगरी ला लिगका अध्यक्ष जाभियर टेबासले सिजनका बाँकी सबै खेल सम्पन्न गरिने बताएका छन् । ला लिगमा अब ११ चरणका खेल बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *