जुन १२बाट ला लिगा सुरु हुने, पहिलो खेल नै डर्बी

कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा जुन १२ बाट सुरु हुने भएको छ। कोरोनाका कारण २ महिनाअघि स्थागित भएको ला लिगा बन्द रंगशालामा १२ जुनबाट सुरु हुने भएको हो ।

स्थागित लिग पुनः सुरु हुँदा पहिलो खेल डबी भिडन्त हुने छ । जुन १२ मा सेभिल्ले डर्बी हुने बताइएको छ । जसमा सेभिया र रियल बेटिस भिड्ने छन् । ला लिगाका अहिलेसम्म लिगको सेड्युल सर्वाजनिक गरेको छैन । तर, सेभियाका खेल निर्देशक मोन्चीले एक अन्तर्वार्ताका क्रममा पहिलो खेल सेभिया र बेटिसबीच हुने बताएका हुन् ।

‘मोन्चीले सो अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘डर्बीसहित ला लिगा फर्कनु एकदमै राम्रो हो, लिग सुरु गर्ने यो भन्दा राम्रो तरिका अरु हुन सक्दैन । यो हाम्रा लागि प्रोत्साहन हो । किनकी हामी सबै फुटबल फर्कने आशा गरिरहेका थियौं, र पहिलो खेल नै शानदार हुनेछ ।’

यसैगरी ला लिगका अध्यक्ष जाभियर टेबासले सिजनका बाँकी सबै खेल सम्पन्न गरिने बताएका छन् । ला लिगमा अब ११ चरणका खेल बाँकी छ।

सम्पूर्ण खेलाडी, पदाधिकारी र अन्य स्टाफहरुले कोरोना परीक्षणपछि क्लबहरुले गतसाताबाटै प्रशिक्षण थालिसकेका छन् । अध्यक्ष टेबासले खेल फर्कन स्वास्थ्य र सुरक्षाको चिन्ता प्रमुख बनेको छ । उनले खेलाडीलाई सबैभन्दा कम जोखिममा राख्न हरसम्भ प्रयास गर्ने बताएका छन्।

कोरोनाका कारण स्थगित बुन्डेस लिगा गत शनिबारबाट बन्द रंगशालामा सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *