मेसीलाई ६ महिनाको प्रतिबन्ध लाग्न सक्ने

मेसीले कोपा अमेरिकामा चिलीविरुद्धको खेलपछि दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोनमेबोल) ले भ्रष्टाचार गरेको आरोप लगाउँदै अर्जेन्टिनालाई हराउने षड्यन्त्र भएको प्रतिक्रिया दिएका थिए । मेसीले सो अभिव्यक्तीका लागि लिखित रुपमा माफि मागेपनि कोनमेबोलले त्यसको छानबिन गरिरहेको छ ।

टिवाइसी स्पोर्ट्सले जारी गरेको एक रिपोर्टका अनुसार छानबिन पुरा भएपछि कोनमेबोलले मेसीलाई कम्तिमा ६० दिनदेखि ६ महिनासम्मको प्रतिबन्ध लगाउन सक्ने छ । चिलिविरुद्ध ३७औं मिनेटमा रेडकार्ड पाउँदै बाहिरिएका मेसीलाई त्यसको कारवाही स्वरुप विश्वकप छनोटमा एक खेलको प्रतिबन्ध र १५०० डलर जरिवाना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *