मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा, विमल इन, विराज आउट

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । विश्वकप दोस्रो चरणको छनोट खेल्न लागेको नेपालले त्यसैको तयारीका मलेसियाका ए डिभिजन लिग विजेता क्लब जोहार दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रशिक्षक योहान कालिनले शुक्रबार घोषणा गरेको टिममा नियमित कप्तान विराज महर्जन स्थान बनाउन असफल भए भने मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलमा स्थान बनाउन असफल भएका स्ट्राइकर विमल घर्तिमगरले टिममा पुनरागमन गरेका छन् ।

यसैगरी नेपाली टिममा रोहित चन्द, किरण चेम्जोङ र भरत खवासले पनि टिममा स्थान बनाउन असफल भए । मैत्रीपूर्ण खेल मात्र भएका रोहित र किरणलाई टिममा नराखिएको हो भने भरत थाइल्यान्डमा सैन्य अभ्यासमा रहेका उनी टिममा नपरेका हुन् । रोहित इन्डोनेसियाको लिग खेलिहरेका छन् भने किरण जापानको जे लिग क्लबमा ट्रयालका लागि जापाना छन् ।

फिटनेशका कारण मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका विमल माल्दिभ्सको लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि टिममा पुनरागमन गर्न सफल भए । उनी टिसी स्पोटर््सबाट धिवेही प्रिमियर लिग खेलिरहेका छन् । यस्तै, कप्तान विराज पनि फिटनेशकै कारण एन्फाले घोषणा गरेको २३ सदस्यीय टिममा स्थान बनाउन असफल भए ।

नेपालले २६ अगस्टमा दारुल तादिमविरुद्ध पासर गुदाङ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । सो खेलपछि विश्वकपको प्रारम्भिक चरणको छनोटसँगै एएफसी एसिया कप फुटबलका लागि पनि नेपालको अन्तिम टोली घोषणा गरिने एन्फले जनाएको छ ।

नेपालले सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको छनोटअन्तर्गत ५ सेप्टेम्बरमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यस्तै, नेपालले १० सेप्टेम्बरमा चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ मा हुने एएफसी एसिया कपको प्रारम्भिक चरणको छनोट प्रतियोगिताका रुपमा रहेको छ । नेपाल प्रारम्भिक छनोटमा दुईअन्तर्गत समूह बीमा परेको छ । नेपालको समूहमा कुवेत र चाइनिज ताइपेईसँगै अस्ट्रेलिया र जोर्डन पनि छन् ।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ सदस्यीय नेपाली टोलीको गोलरक्षकमा विकेश कुथू, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् । यस्तै, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा सुनील बल, रभी पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *