तस्बिरमा नेपाल र म्यानमारबीचको खेल

नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार बेलुकी भएको मैत्रीपूर्ण खेलमा म्यानमारसँग ३–०ले पाराजित भएको छ । सन् २०२२ को विश्वकपको दोस्रो चरणको छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न नेपाली टिम म्यानमार गएको थियो ।

खेलको तेस्रो मिनेटमै म्यान्ट टुङ अङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलोको हाफको इनजुरी समयमा डेभिड हटनले गोल गर्दै म्यानमारलाई २–०को अग्रता दिलाए । ६९औं मिनेटमा म्यानमारले पुनः गोल गर्दै नेपालविरुद्ध ३–०को जित निकाल्यो ।

तस्बिर : म्यानमार फुटबल एसोसिएसनको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *