२०७६ फुबटल : सागको स्वर्णले जगायो आशा, अरुमा निराशा

सदाजस्तै यो वर्ष पनि नेपालले फुटबलमा राम्रो गर्न सकेन । यही वर्ष नेपाली राष्ट्रिय टिमले विदेशी प्रशिक्षकका रुपमा योहान कालिनलाई त पायो, गोलका लागि संघर्ष भने उस्तै रह्यो ।

कालिनको नेतृत्वमा नेपालले ९ अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा ५ फिफा विश्वकप छनोटको खेल थियो भने ४ मैत्रीपूर्ण खेल । ९ मध्ये ७ खेलमा नेपाल पराजित भयो भने १ मा जित र १ बराबरी खेलेको थियो ।

०७६ सालभरि नेपालले ३ गोल मात्र गर्न सफल भयो । नेपालले गरेका तीनवटै गोल चाइनिज ताइपेइविरुद्ध थियो । विश्वकप छनोटमा अन्जन विष्टले २ गोल र मैत्रीपूर्ण खेलमा अभिषेक रिजालले गरेका थिए । ९ खेलमा नेपलले २३ गो खाएको थियो ।

नेपालका एकमात्र जितका रुपमा विश्वकप छनोट अन्तर्गतको चाइनिज ताइपेइविरुद्धको खेल मात्र रह्यो । सो खेल नेपालले २–०ले जितेको थियो । विश्वकप छनोटमा यो नेपालको इतिहासकै पहिलो जित थियो । छनोटका अरु ४ खेल नेपालले कुवेतसँग ७–० र १–०ले, अस्ट्रेलियासँग ५–० र जोडर्नसँग ३–०ले पराजित भएको थियो ।

सागको स्वर्ण जित्नु नै यो वर्ष नेपाली फुटबलको सबैभन्दा ठूलो सफलता रह्यो । फाइनलमा भुटानलाई २–१ ले हराउँदै नेपालले लगातार दोस्रो र समग्रमा चौथो स्वर्ण जित्यो । योसँगै नेपालले सर्वाधिक स्वर्ण जित्ने पाकिस्तानको कीर्तिमान बराबरी ग¥यो ।

सिरिज फुटबलमा जस्तै उमेर समूहमा पनि यो वर्ष नेपालले सफलता हात पार्न सकेन । अघिल्ला दुई संस्करणको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाल यसपटक घरेलु मैदानमासमूह चरणबाटै बाहिरियो । यस्तै, यू–१५, यू–१६ र यू–१९, यू–२१ टिको प्रदर्शन पनि बिर्सनालायक नै रह्यो ।

नेपाली महिला फुटबल टिमका लागि यो राम्रै रह्यो भन्नुपर्छ । तर, एउटै उपाधि जित्न भने सकेन । अधिकांश प्रतियोगितामा नेपाली टिम उपविजेतामै सीमित भयो । महिला टिमले नाडेज्दा कप, दक्षिण एसियाली खेलकुद खेले, दुवै उपविजेता बन्यो ।

ए डिभिजन लिगमा नयाँ च्याम्पियन

शहीद स्मारक ए डिभिजनले यसपटक नयाँ च्याम्पियन पायो । अघिल्लो सिजन लिग पुछारमा सकाएको मच्छिन्द्र क्लबले यसपटक उपाधि जित्ने लक्ष्यसहित ठूलो लगानी ग¥यो र अधिकांश ठूलो स्टार खेलाडीलाई क्लबमा भित्रायो । फलस्वरुप लिगको अन्तिम खेलमा त्रिभुव आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र लिग च्याम्पियन बन्यो भने सरस्वती क्लब सेलिगेसनमा प¥यो ।

उपाधि र रेलिगेसनसँगै ए डिभजिन लिग खेलाडीको झगडा, म्याच फिक्सिङ र सन्तोष साहुखलको १ सय गोलले पनि चार्चमा रह्यो ।

मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबीचको खेल सकिनै लाग्दा दुवै टिमका खेलाडी मैदानमै फाइट खेल्न थाले । दशरथ रंगशालामा केही क्षण युद्ध मैदान झैँ बन्यो । झगडामा उत्रिएका खेलाडी र अफिसिएललाई एन्फाले कारबाही पनि ग¥यो ।

मनाङका जगजित श्रेष्ठ र असोक बराललाई ५ खेल प्रतिबन्ध र १० हजार जरिवाना गरियो भने मनाङकै रञ्जन विष्ट, मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल २ खेलको प्रतिबन्ध गरियो । यस्तै मनाङका किट्स म्यानेजर शिव लामालाई १० हजार जरिवाना र बाँकी खेलमा प्रतिबन्ध लगाइयो । यस्तै, मनाङ र मच्छिन्द्रलाई पनि ६० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलले यसैवर्ष लिगमा १ सय गोलको कोसेढुंगा पार गरे । नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै च्यासल युथ क्लबका सन्तोषले यो उपलब्धि हासिल गरेका हुन् । सन्तोषले लिगमा थ्री स्टारबाट ७० मनाङबाट १७, च्यासलबाट ७ र एफिएफ क्लबबाट ६ गोल गरेका छन् ।

यसपटक लिगमा फिसिङको घटना पनि भयो । हिमालयन शेर्पा र सरस्वती क्लबबीचका खेलमा सरस्वतीका कप्तान दीपेश श्रेष्ठले शेर्पाका खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेका थिए । सो घटनापछि एन्फाले दीपेशलाई २ वर्ष प्रतिबन्ध र ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

चार फुटबलरको नाइट क्लब कान्ड

सन् २०२२ को कतार विश्वकपको एसियन छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जाने अघिल्लो दिन राति ४ खेलाडी नाइट क्लब गएको घटना यो वर्ष चर्चामा रह्यो । कात्तिक ३० गते विमल घर्तिमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ नाइट क्लब पुगेका थिए । सो लगत्तै उनीहरू विनै नेपाली टिम कुवेतसँग खेल्न भुटान उडेको थियो । उनीहरू सागको टिमबाट पनि हटाइएको थियो ।

त्यो काण्डको २६ दिनपछि एन्फाले चारै जना खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो । एन्फाले विमल र दिनेशमाथि ९० दिन तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको थियो भने सबैलाई ५० हजार जरिवाना पनि गरेको थियो । प्रतिबन्धपछि उनीहरु फुटबलमा फर्किसकेका छन् । अञ्जन र सन्तोषले सहिदस्मारक ए डिभिजन लिग आधाबाट खेलेको थिए भने विलम लिगको अन्तिम खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *