रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा भिल्लारियलमाथि ४–१को सानदार जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लिएको हो।

रियललाई सानदार जित दिलाउन लुका मोड्रिच, जुड बेलिङहम, ब्राहिम डियाज र रोड्रिगोले गोल गरे भने भ्यालेन्सियाका जो मोरालेसले गोल गरेका थिए।

२५औं मिनेटमा बेलिङहमको गोलमा रियलले सुरुआती अग्रता लियो। यसै सिजन रियल आएका बेलिङहमले २० खेलमा १७ गोल गरिसकेका छन्। लिगमा भने यो उनका १३औं गोल हो। ३७औं मिनेटमा रोड्रिगोले गोल गरेपछि रियलको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–०को अग्रता लिएको रियलले दोस्रो हाफमा पनि थप २ गोल ग¥यो। ५४औं मिनेटमा मोरालेसले गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरे। तर, ६४औंमा मिनेटमा डियाज र ६८औं मिनेटमा लुका मोड्रिचले गोल गरेपछि रियल ४–१ले विजयी भयो।

जितसँगै रियल १७ खेलबाट ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको जिरोना ४१ अंकसहित दोस्रो स्थानमा छ। भिल्लारियाल १७ खेलबाट १६ अंकसहित १४औं स्थानमा छ।

Back To Top