यू–१८ साफ च्याम्पियनसिप : भुटान बराबरीमा रोकिँदा नेपाल बाहिरियो

हल्चोकस्थित सशस्त्र प्रहरी बल मैदानमा जारी यू–१९ साफ च्याम्पियनसिप फुटबलको समूह ए को अन्तिम खेलमा भुटान माल्दिभ्ससँग बराबरीमा रोकिँदा लगातार दुई पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

१ बराबरी र १ हारको सामना गरेको नेपाल सेमिफाइनलमा पुग्न भुटान र माल्दिभ्सबीचको खेलमा भुटान कम्तिमा ३–०ले विजयी हुनु पर्ने थियो । तर, नेपाल हराउँदै सेमिफाइन पुगिसकेको भुटानले माल्दिभ्ससँग गोलरहित बराबरीमा रोकिँदा नेपाल समूह चरणबाटै बाहिरिएको हो । अन्तिम खेल अगावै सेमिफाइनल पुगिसकेको भुटानले माल्दिभ्सविरुद्ध दोस्रो रोजाइको टिम मैदान उतारेको थियो ।

भुटान र माल्दिभ्ससँगै समूह एमा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–०ले पराजित भएको थियो । समूह एबाट भुटान विजेता र माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइलन प्रवेश गरेका छन् ।

समूह बीबाट बंगलादेश समेमिफानल पुगिसकेको छ भने भोलि हुने भारत र श्रीलंकाबीचको खेल सेमिफाइन पुग्ने चौथो टिमको टुंगो लाग्ने छ ।

यसैबीच अघिल्ला दुवै संस्करणको विजेता नेपाल समूह चरण नै पार गर्न असफल भएपछि यू–१८ टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ पद छाड्ने घोषणा गरेका छन् । हारको सम्पूर्ण जिम्मेवारी लिँदै आफूले पद छाड्ने घोषणा गरेको श्रेष्ठले बताएका छन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो अनुवभ नपुगेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *