सिरि एको नयाँ सिजन सेप्टेम्बर १ बाट सुरु हुने

इटालियन सिरि एको आगामी सिरि १ सेप्टेम्बरबाट सुरु हुने भएको छ । इटालियन फुटबल फेडेरेसनले नयाँ सिजन १ सेप्टेम्बरमा सुरु गर्ने तयारी अनुसार नै काम अगाडि बढाइएको जनाएको छ ।

फेडेरेसनले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको त्रासबीच नै सेप्टेम्बर १ मा नयाँ सिजन सुरु गर्ने तयारी गरिएको बताएको हो । कोरोनाका कारण सिरि एको जारी सिजन अहिले पनि अन्योलमै छ ।

कोरोनाका कारण रोकिएको सिरि एको जारी सिजन अगस्त २०मा सक्ने तयारी भएको पनि फेडेरेसनले बताएको छ । फेडेरेसनले मार्च दोस्रो साताबाट रोकिएको इटालीका तीनै डिभिजन सक्ने योजना बनाएको छ ।

सिरि एका अझै १२ चरणका खेल बाँकी छन् । युभेट्न्स शीर्ष स्थानमा छ । सिरि ए सुरु हुने मिति तय नभएपनि क्लबहरुले प्रशिक्षण भने थालेका छन् ।

फेडेरेसनले शीर्ष ३ डिभिजनका लिग मध्ये कुनै लिग सुरु भएर फेरि रोकिए अर्को विक्लपका रुपमा प्ले अफ खेलाएर चाँडै सकाउने योजना समेत सार्वजनिक गरेको छ । यद्यपि प्लेअफबाट पनि सिजन पूरा हुन नसके अंक प्रणाली लागु गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *