दुई डिफेन्डरको गोलमा डर्टमन्ड विजयी

कोरोना भाइरसको त्रासबीच गत साताबाट सुर भएको जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले लागतार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको डर्टमन्डलाई जित दिलाउने क्रममा दुई डिफेन्डरले गोल गरे ।

शनिबा राति वुल्फ्सवर्गको मैदानमा डर्टमन्डले २–०को जित निकाल्यो । उसका लेफ्ट ब्याक राफाइल गुइरेरो र राइट ब्याक अर्चफ हाकिमीले गोल गरेका थिए । डर्टमन्डले दुवै हाफमा समान १ गोल गरेको थियो ।

वुल्फसवर्गको मैदानमा ३२ औं मिनेटमा गुइरेरोको गोलमा डर्टमन्डले सुरुवाती अग्रता लिाएको थियो । ७८ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमन्डको जित सुनिश्चित गरे । ८० औं मिनेटमा फेलिक्स क्लाउसले रातो कार्ड पाएपछि वुल्फ्वर्ग १० खेलाडीमा सीमित बनेको थियो ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि डर्टमण्डको यो लगातार दोस्रो जित हो । यसअघि डर्टमण्डले साल्केलाई ४–० ले पराजित गरेको थियो । जितसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ । डर्टमण्डले २७ खेलमा ५७ अंक जोडेको छ भने एक खेल कम खेलेको वायर्नको ५८ अंक छ ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा वायर लेभरकुसेनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ३–१ ले पराजित गर्दा बोर्डर ब्रेमेनले फ्रेईवर्गलाई १–० ले हरायो । यस्तै, होफेनहिम र पाडेरबर्नले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *