इन्डो नेपाल क्रिकेट : झापालाई हराउँदै पटना सेमिफाइनलमा 

7 Apr, 2025

चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको झापा १८।५ ओभरमा अलआउट हुँदै १३७ रन बनाउन सफल भयो। 

झापाका लागि अंकित सुवेदीले २३ बलमा २७ रन, भुपाल दङगालले २४ बलमा २६ रन र समिर कार्कीले १४ बलमा १९ रनको योगदान दिए । आषिष राना मगरले १६ रन र भुपेश गौतमले ११ रन बनाए । अन्य ब्याट्समेनहरू दोहोरो अंकमा पुग्न असफल रहे ।

पटनाका रिहान दास गुप्ताले ३।५ ओभरमा १९ रन खर्चेर ३ विकेट र मन मोहनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । 

जवाफी ब्याटिङमा पटनाले १३८ रनको लक्ष्य १७।२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पटनाका सुर्दशन सिंहले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै ५२ बलमा अविजित ८३ रन बनाए । उनले ६ छक्का र ७ चौका प्रहार गरे । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद तीन हजार पाए ।  अनुज रञ्जनले ४२ बलमा ३७ रन र कुमार श्रेयले १३ रनको योगदान दिए ।

झापाका बलरहरूमध्ये ज्ञानु श्रेष्ठले ३।२ ओभरमा २९ रन खर्चेर २ विकेट र सिद्धार्थ कुमारले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

आयोजकका अनुसार मंगलबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेट बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब ९एनबीएससी० विराटनगर र सुपोल क्रिकेट क्लब ९मुन० आमनेसामने हुनेछन् ।

सुपोलको जित

भारतको सुपोल क्रिकेट क्लब९ मुन० ले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा ५ विकेट गुमाउँदै २०६ रनको विशाल स्कोर खडा गर्यो । सुपोलको आक्रामक ब्याटिङमा ऋषु कुमारले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रन बनाए । एमडी अमनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ बलमा ५३ रनको आक्रामक इनिङ्स खेले ।

२०७ रनको कठिन लक्ष्य पछ्याएको बिहारले सुरुवातदेखि नै दबाबको सामना गर्नुप¥यो । सुपोलका बलरहरूको उत्कृष्ट प्रदर्शन अगाडि बिहारका ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकेनन् र १३ ओभरमै पूरै टिम केवल ८५ रनमा अलआउट भयो ।

बिहारका आयुष सिंहले २२ बलमा २९ रन र यश राजले १६ बलमा १९ रन बनाए । अन्य कुनै पनि पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्, जसकारण टिमले सम्मानजनक स्कोर बनाउने आशा समाप्त भयो ।

सुपोलका तीव्र गतिका बलर प्रेम कुमारले कसिलो बलिङ गेर । उनले ४ ओभरमा केवल १५ रन खर्चेर ६ विकेट लिए, जुन यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो ।