च्याम्पियन्स लिग र युरोप लिग अगस्तमा सक्ने तयारी

कोरोना भाइरसको महामारीका कारण रोकिएको युरोपका दुई ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग आगामी अगस्तमा सक्ने तयारी युरोपियन फुटबल एसोसिएन (युइएफए)ले गरेको छ ।

अलेक्जेन्डर केफेरिनले अन्तर्राष्ट्रिय सञ्चालन माध्यमसँग कुराकानी गर्दैै कोरोना भाइरसका कारण बीचमै रोकिएको च्याम्पियन्स लिग र युरोपा लिग अगस्मै सक्ने तयारी गरेको बताएका छन् । दुवै लिगको तालिका घरेलु लिगको तालिका फिक्स भएपछि सर्वाजनिक गरिने उनले जनाएका छन् । यस विषयमा कार्यकारी समितिमा छलफल भइरहेको उनले बताएका छन् ।

युइएफए अध्यक्ष केफेरिनले भनेका छन्, ‘हामीले अहिलेको अवस्था नियाली रहेका छौं, युरोपियन लिगको सिजन सकिन्छ भन्नेमा हामीहरु पूर्ण विश्वस्त छौं ।’ कोरोनाका कारण च्याम्पियन्स लिगका अन्तिम १६ का आधा खेल नै बाँकी छ युरोपा लिगको अन्तिम १६का सुरु हुनै बाँकी छ ।

कोरोनाका कारण स्थागित भएका युरोपका घरेलु लिगहरूमध्ये जर्मन बुन्डेस लिगामात्रै सुरु भएको छ । स्पेनिस ला लिगा जुन दोस्रो साताबाट सुरु हुने छ भने इटालियन सिरि ए र इंग्लिस प्रिमियर लिग पनि सुरु गर्ने तयारी भइरहे पनि मिति भने तय भइसकेको छैन । यता, फ्रेन्च लिग वान, डच लिग र बेल्जियन लिग भने रद्द भइसकेका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय सञ्चार मध्यमहरू च्याम्पियन्स लिग अगस्त ७ बाट सुरु हुने बताएका छन् । सो दिन इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीचको अन्तिम १६को दोस्रो हुने बताइएको छ ।

च्याम्पियन्स लिगका अन्तिम १६का दोस्रो लेगबा बार्सिलोना र नापोली, युभेन्ट्स र लियोन तथा बायर्न म्युनिख र चेल्सीबीचको खेल पनि बाँकी नै छ । पिएसजी, एट्लेटिको मड्रिड, एट्लान्टा र आरबी लेइपजिग भने क्वार्टर फाइनलमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *