महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सको तेस्रो जित, गण्डकीकाे पहिलाे जित

4 Oct, 2024

उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगको बिहीबारको खेल जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काठमाडौंले मधेश युनाइेटडलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट गुमाउनुका बावजुद काठमाडौं खेलमा फर्किएको थियो।

काठमाडौंले १५–२५, २५–२३, २५–१५, २५–१८ को सेटमा नतिजा निकाल्यो।

काठमाडौंले यो लगातार तेस्रो जित हो। पहिलो खेलमा काठमाडौंमा चितवन शक्तिसँग पराजित भएको थियो। मधेश शीर्ष दुईमा पुग्ने दौडबाट भने बाहिरिएको छ।

यस्तै अर्को खेलमा गण्डकी थन्डसले पहिलो जित निककालेको छ। बिहीबार भएको अन्तिम खेलमा ललितपुर क्विन्सलाई ३–२ले हरायो। यो लिगमा गण्डकीको पहिलो जित हो।

यो जितपछि पनि गण्डकीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ। यता, हारपछि ललितपुरको पनि फाइनल सम्भावना कायमै छ।

लिगमा अपराजित रहेको कर्णाली १० अंकसहित शीर्ष स्थानमा छ भने ९ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा छ। यस्तै तेस्रो र चौथो स्थानमा रहेका चितवन र ललितपुरको सामान ७ अंक छ। गण्डकीको ४ अंक छ भने मधेश अंकबिहीन छ।