१३औं स्वर्ण विजेता २ पाकिस्तानी खेलाडीको खोसियो स्वर्ण, डोपिङमा असफल हुँदा ४ वर्ष प्रतिबन्ध

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको स्वर्ण खोसिएको छ । डोपिङ परीक्षणमा असफल भएपछि १३औं सागमा एथ्लेट्क्सिमा पाकिस्तानलाई स्वर्ण दिलाएका मोहम्मद नहिम र महबुब अलीको स्वर्ण पदक खोसिएको हो ।

नेपालमा गत वर्ष सम्पन्न १३औं सागमा मोहम्मद नहिम १ सय मिटर हर्डल्स र महबुब अली ४ सय मिटर हर्डल्समा स्वर्ण जितेका थिए । दुवैको डोपिङ परीक्षण कतारको एन्टी डिवङ ल्याबमा गरिएको थियो ।

पहिलो स्याम्पलमा असफल भएपछि दुवै खेलाडीले स्याम्पल बी टेष्टको लागि आग्रह गरेको छ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)मा गरिएको स्याम्पल बीको नजिता पनि पोजेटिभ आएपछि दुवैको स्वर्ण खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

उनीहरुले दुवैले प्रतिबन्धित औषधि सेवन गरेको स्वीकार गरेपछि वाडाले उनीहरुलाई ४ वर्ष प्रनिबन्ध पनि लगाएको छ । उनीहरुको प्रतिबन्ध २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्म रहने छन् ।

यसैगरी १ सय मिटर दौडमा कांस्य जितेका सामी उल्लाहको पनि पदक खुसिनुका साथै प्रतिबन्ध लगाइएको छ । स्याम्पल एमै असफल भएपछि उनले प्रतिबन्धित औषधि प्रयोग गरेको स्वीकारेका थिए । ए स्याम्पल मात्रै टेष्ट गरेका सामी उल्लाह पनि निलम्बनमा परेका छन् र उसको पनि पदक खोसिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP