तेक्वान्दोमा नेपालले जित्यो १२ स्वर्ण

काटमाडौं, पोखरा र जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)को तेक्वान्दोको प्रतिस्पर्धा बिहीबारबाट सकिएको छ । कुल २९ स्वर्णका लागि भएको तेक्वान्दोमा नेपालले १२ स्वर्ण जित्यो ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भुपेन श्रेष्ठले स्वर्ण जितेसँगै नेपालले तेक्वान्दोमा १२ स्वर्ण जितेको हो । उनले पुरुष ८७ केजी तौलसमूहमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै स्वर्ण जिते ।

नेपाललाई नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलइन् । आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधाततर्फ स्वर्ण दिलाइन् ।

महिला टिम पुम्सेतर्फ १७–२९ वर्षउमेर समूहमा निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना स्वर्ण जित्द र २३ वर्षमाथि उमेरसमूहको टिम पुम्सेमा निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राईले स्वर्ण जिते ।

यसैगरी पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठ, वीरबहादुर महरा, काजल श्रेष्ठ,सक्षम कार्की र संगीता बस्याल पनि नेपाललाई तेक्वान्दोमा स्वर्ण दिलाए । सागमा नेपालले तेक्वान्दोमा दोस्रो सफल नतिजा हो । यसअघि नेपालले आठौं सागमा १४ स्वर्ण जितेको थियो ।

तेक्वान्दोको अन्तिम दिन बिहीबार भारतले तीन र पाकिस्तानले दुई स्वर्ण जित्यो । भारतका पुर्वा दिक्षितले ४९ केजीमुनि तौलसमूहमा श्रीलंकाकी इरानगनी पुस्पालाई १४–६ ले हराउँदै स्वर्ण जितिन् । सोही तौलमा नेपाली युनिसा राई र श्रीलंकाकी आयसा नुरले कांस्य पदक जिते ।

महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जित्दा फाइनलमा नेपाली अप्सरा कार्कीलाई ८–५ ले स्तब्ध बनाइन् । यस तौलमा भुटानकी सोनम यान्सो र बंगलादेशकी मस्ट सल्माले कांस्य जितेका थिइन् । भारतकी मार्गेरेट मारियाले स्वर्ण जित्न फाइनलमा मनिता साहीलाई १५–० ले हराइन् ।

पाकिस्तानका लागि पुरुषततर्फ हरुन खान र रब नवाजले स्वर्ण जिते । हरुनले ५८ केजी तौलसमूहमा भारतका निरज चौधरीलाई २७–१८ ले हराए । यस तौलमा नेपालका गोविन्दबहादुर आले र बंगलादेशका कमरुल इस्लामले कांस्य जित्यो ।

नवाजले भने पुरुष ८० केजीमुनि नेपालका किरणबहादुर आलेलाई ३३–७ ले हराउँदै स्वर्ण जिते । यस समूहमा भारतका लक्ष र श्रीलंका सुरङ्गा दिहानले कांस्य जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *