भुटानलाई हराउँदै नेपाल च्याम्पियन

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल च्याम्पियन बनेको छ । शनिबार दिउँसो दशरथ रंगशालामा भएको फाइलनमा भुटानलाई २–१ले पराजित गर्दै नेपालले स्वर्ण जितेको हो ।

साग फुटबलमा नेपालले लगातार दोस्रो पटक स्वर्ण जितेको हो । यसअघि भारतमा भएको १२औं सागमा पनि नेपालले भारतलाई हराउँदै स्वर्ण जितेको थियो । योसँगै नेपालले सागको पुरुष फुटबलमा सर्वाधिक स्वर्ण जित्ने पाकिस्तानको कीर्तिमान बराबरी गरेको ।

नेपाल र पाकिस्तान दुवै ४–४ स्वर्ण जितेका छन् । नेपालले १९८४ मा घरेलु मैदानमै पहिलो पटक स्वर्ण जितेको थियो भने सन् १९९३ मा बंगलादेशमा भाएको सागमा नेपालले स्वर्ण जितेका थिए । सन् २०१६ मा भारत भएको सागमा पनि स्वर्ण जितेको थियो ।

नेपालाई जित दिलाउने क्रममा अभिषेक रिजाल र सुनिल बलले गोल गरे भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका थिए । खेलको पहिलो १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा थप एक गोल गर्दै खेल नेपालले आफ्नो पक्षमा पारेको थियो ।

नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजाल गोल गर्दै नेपाललाई अग्रता दिलाए । उनले सिक्सयार्ड बक्सभित्र पाएको अवसरमा उत्कृष्ट गोल गरेका थिए ।

तर, ३७औं मिनेटमा भुटानले खेललाई बराबरीमा ल्यायो । उसका लागि ‘भुटानी रोनाल्डो’ कारुपमा परिचित कप्तान चेन्चो ग्याल्सेनले नेपाली २ डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए ।

तर, ५४औं मिनेटमा सुनिल बलले गोल गरेपछि नेपालले २–१को अग्रता लियो । उनले कप्तान विक्रम लामाको क्रसमा हेडिङमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP