भारतीय खेलाडीलाई हराउँदै उसुमा दिपकले जिते स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उसुमा नेपालले थप एक स्वर्ण जितेका छन् । नेपालका दीपक हमालले भारतीय खेलाडी साजन लामलाई हराउँदै नेपाललाई स्वर्ण दिलाए ।

उसुको पुरुष थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा दीपकले स्वर्ण जितेका छन् । दीपक समग्रमा १९.३२ अंक प्राप्त गरे । उनले नान छ्वानमा ९.७० र नानकुनमा ९.६२ अंक जोडे ।

रजत जितेका भारतका साजनले समग्रमा १९.१७ अंक जोडे । बंगलादेशमा मोहम्मद आमीर होसइनले १७.१८ अंक जोड्दै कांय जिते ।

उसुकै थाउलो ताइजी जिआनको पुरुषमा नेपालका हरिप्रसाद गोलेले कांस्य जिते । यसमा श्रीलंकाले स्वर्ण र भारतले रजत जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *