बक्सिङमा स्वर्ण जित्ने खेलाडीले थप ४ लाख र एक तोला सुन पाउने

१३औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले सरकारले घोषणा गरेभन्दा बाहेक थप ४ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

अघिल्लो साता सम्पन्न १३औं सागमा नेपालका बक्सिङमा ३ स्वर्ण जितेको थियो । जसमा भूपेन्द्र थापामगर, मिनु गुरुङ र सनिल शाही छन् । उनीहरुले सरकारले घोषणा गरेको ९ लाख रुपैयाँ पनि पाउने छन् ।

उनीहरुलाई बक्सिङ संघका पदाधिकारीले मिलेर थप ४ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले १ लाख ५० हजार, संघका मुख्य प्रशिक्षक प्रकाश थापामगरले १ लाख, संघकै केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १ लाख तथा नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसैगरी पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले पनि बक्सिङ स्वर्ण जित्ने खेलाडीलाई एक–एक तोला सुन प्रदान गर्ने घोषणा गरेको प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिएका छन् ।

नेपालले सागमा बक्सिङमा अहिलेसम्मकै सबैभन्दा सफल नतिजा निकालेको थियो । नेपालले १३औँ सागमा बक्सिङमा ३ स्वर्ण, ६ रजत तथा ६ कास्य गरी १५ पदक प्राप्त गर्न सफल छ । यसअघि नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा २ स्वर्ण, ५ रजत र २ कास्य गरी ९ पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP