भारतसँग हार्‍यो नेपाली महिला भलिबल टिम, सेमिफाइनल आशा कायमै

नेपाली महिला भलिबल टिम १३औं सागको दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । बिहीबार साँझा दशरथ रंगशालास्थित रापेप कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग ३–०को सोझो सेटमा पराजित भएको हो ।

बिहीबार भएको खेलमा नेपाल भारतसँग २६–२४, २५–१२ र २५–१६ को सेटमा पराजित भएको हो । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई पनि ३–०कै सोझो सेटमा पराजित गरेको थियो ।

भारतसँग सोझो सेटमा पारिजत भएपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै छ । शुक्रबार हुने खेलमा भारतले बंगलादेशलाई पराजित गरे नेपाल समूह एबाट दोस्रो हुँदै फाइनल पुग्ने छ ।

भारतसँग सोझो सेटमा पारिजत भएपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै छ । शुक्रबार हुने खेलमा भारतले बंगलादेशलाई पराजित गरे नेपाल समूह एबाट दोस्रो हुँदै फाइनल पुग्ने छ ।

भारतविरुद्ध पहिलो सेटमा निकै उत्कृष्ट लयमा देखिएको नेपाल अन्तिममा लगातार चार अंक गुमाउँदा जितबाट वञ्चित भयो । एक अंक आवश्यक रहँदा नेपालले अप्रत्याशित रूपमा सेट गुमायो । नेपालले २४–२२ को अवस्थामा खेल पु¥याउँदा खचाखच भरिएको राखेप कभर्डहलमा खेलाडीको हौसला बढाउन चर्को हुटिङ भयो । भारतले त्यसपछि लगातार चार स्कोर गर्दै सेट जित्यो ।

जित्दाजित्दैको पहिलो सेट गुमाएको नेपाली महिला टोली त्यसपछिका दुई सेटमा निरीह रह्यो । दोस्रो सेट २५–१२ ले गुमाउँदा नेपाल कुनै पनि समय लयमा देखिएन । पूर्ण दबाबमा परेका नेपाली खेलाडीले तेस्रो सेटमा पनि कुनै गतिलो प्रदर्शन गर्न सकेनन् । तेस्रो सेट नेपालले २५–१६ ले गुमाउन पुग्यो ।

नेपाली महिला टोलीका प्रशिक्षक जगदीश भट्टले भारतविरुद्ध पहिलो सेटमा जित्न सक्दो प्रयास गरेको तर, अन्तिमा समयमा चुकेको बताए । प्रशिक्षक भट्टले भारतसँग फाइनलमा भेट हुने आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP