महिला फुटबलमा नेपाल फेरि रजतमै समीति, भारत फेरि बाधक बन्यो

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जित्ने नेपाली महिला फुटबलको सापना यस पटक पनि पुरा हुन सकेन । घरमै अयोजना भएको १३औं सागमा स्वर्ण जित्ने लक्ष्य बनाएको नेपाली टिम रजतमै सीमित भयो ।

सोमबार पोखरा रंगशालामा भएको फाइलनमा भारतसँग २–० ले पराजित भएपछि नेपाल पुनः एक पटक रजतमै सीमित भएको हो । यसअघिका २ संस्करणमा पनि नेपाल फाइलनमा भारतसँगै पराजित हुँदै रजतमा सीमित भएको थियो ।

सन् २०१०को ढाका सागदेखि सागमा महिला फुटबल समावेश भएको थियो । सो संस्करणमा नेपाल फाइलनमा ३–१ले पराजित भएको थियो भने सन् २०१६ मा भारतमा भएको सागमा नेपाल २–१ले पराजित भएको थियो ।

पहिलो हाफको १८औं मिनेटमै बाला देवीको गोलबाट भारतले अग्रता लिएको थियो । ५५औं मिनेटमै देवीले नै भारतका लागि दोस्रो गोल गरिन् र २–० ले भारतको जित पक्का गरिन् । नेपालले खेलभरि गोलको अवसर पाए पनि सदुपयोग गर्नबाट चुक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *