°
, June 1, 2023 in

Day: November 9, 2020

0

प्रज्वल क्षेत्री र प्रकाश श्रेष्ठ फिफा रेफ्रीमा मनोनित

नेपालका प्रज्वल क्षेत्री र प्रकाशनाथ श्रेष्ठ २०२१ फिफा अन्तर्राष्ट्रिय रेफ्रीको सूचीमा मनोनित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार क्षेत्री र श्रेष्ठलाई सुदिप पाण्डे र श्रवण लामाको स्थानमा मनोनित गरिएको हो। यस्तै महिलातर्फ अस्मिता मानन्धरको स्थानमा अन्जना राई फिफा रेफ्रीमा मनोनित भएकी छिन्। सहायक रेफ्रीतर्फ रोजेन श्रेष्ठ र पदम भूलेजको नाम पनि…

0

किमिच जनवरीसम्म मैदान बाहिर रहने

बायर्न म्युनिखका जर्मन मिडफिल्डर जोसुवा किमिच जनवरीसम्म मैदान बाहिर रहने भएका छन्। बुन्डेस लिगाअन्तर्गत शनिबार राति भएको बोरुसिया डर्टमन्डविरुद्धको खेलका क्रममा किमिचको घुँडामा चोट लागेको थियो। घुँडाको चोटको शल्यक्रिया गरेपछि किमिच आगामी जनवरीसम्म मैदान बाहिर रहने बार्यनले जनाएको छ । २५ वर्षीय किमिचको आइतबार दाहिने घुँडाको सफल शल्यक्रिया गरिएको हो । डर्टमन्डका अर्लिङ हालाण्डसँग ठोक्किँदा…

0

दिल्ली पहिलोपटक आईपिएलको फाइनलमा

दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । युएईमा भइरहेको १३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । एलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको हैदरावादको तेस्रो पटक फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । २०१६को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो ।…

0

आर्सनल घरमै पारजित, म्यान्चेस्टर सिटी र लिभरपुलले खेले बराबरी

इंग्लिस प्रिमियर लिग फुटलमा आर्सनल घरमै पराजित हुँदा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग ३–०ले पराजित हुँदा सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेले । ओली वाट्किन्स चम्किएपछि आर्सनल घरेलु मैदानमै एस्टनसँग स्तब्ध भएको हो । इमिरेट्स स्टेडियममा पहिलो मिनेटमै एस्टनका जोनले गोल गरेका…

0

अन्तिम मिनेटमा सम्हालिन नसक्दा रोकियो युभेन्ट्स

इटालियन सिरि एमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार साँझ भएको खेलमा अन्तिम मिनेटमा सम्हालिन नसक्दा युभेन्ट्स लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएको हो। क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमै गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। जिततर्फ अग्रसर भएको युभेन्ट्स अन्तिम समयमा सम्हालिन नसक्दा लाजियोले गोल फर्कायो र एक अंक जोड्यो । दोस्रो हाफको इन्जुरी…

0

रियलको लज्जास्पद हार

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा रियल भ्यालेसिन्यासँग ४–१को फराकिलो अन्तरले पराजित भयो । ३ पेनाल्टी र एक आत्मघाती गोल गरेपछि रियल सुरुवातमै अग्रता लिएर पनि भ्यालेन्सियासँग पराजित भयो । भ्यालेन्सियाको जितमा कार्लोस सोलरले ह्याट्रिक गरे भने राफेल भरानेले आत्मघाती गोल गरे । रियलका करिम…

0

फाती ५ महिना मैदान बाहिर रहन सक्ने

बार्सिलोनाका स्पेनिस युवा स्ट्राइकर अन्सु फाती ५ महिना मैदान बाहिर रहने सक्ने भएका छन् । शनिबार राति भएको रियल बेटिसविरुद्धको खेलमा फाती घाइते भएका थिए । दोस्रो हाफको सुरुमै बेटिसका खेलाडीले फाउल गर्दा फातीको घुँडामा चोट लागेको थियो । सोही चोटका कारण फाती तीनदेखि पाँच महिना मैदान बाहिर रहन सक्ने डाक्टरहरुले बताएका छन् । घाइते…