बंगलादेश पुगेका एक नेपाली खेलाडीमा कोरोना संक्रमण
मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । खेलअघि ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । एन्फा स्रोतका अनुसार कोरोना देखिएको ती खेलाडीलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ…