°
, June 7, 2023 in

Day: October 20, 2021

न्युकासलले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक

इंग्लिस प्रियिमर लिग क्लब न्युकासल युनाइटेडले मुख्य प्रशिक्षक स्टिभ ब्रुसलाई बर्खास्त गरेको छ। प्रिमियर लिगमा निरन्तन खराब प्रदर्शन गरेपछि न्युकासलले ब्रुसलाई बुधबार बर्खास्त गरेको हो। साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्डले न्युकासल किनेको १३ दिनपछि नै प्रशिक्षक ब्रुसलाई बर्खास्त गरेको हो। उनी सन् २०१९मा न्युकासलको प्रशिक्षक बनेका थिए। ब्रुस बर्खास्तीमा परेसँगै ग्रेमी जोन्स न्यसकासको अन्तरिम प्रशिक्षक…

महिला क्रिकेट टिमको बन्द प्रशिक्षण कीर्तिपुरमा सुरु

टि–२० विश्वकप छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ। महिला टि–२० विश्वपकको एसियन छनोटका लागि नेपाली टिमको बन्द प्रशिक्षण बुधबारबाट कीर्तितपुरस्थित टियू मैदानमा सुरु भएको हो। युएईमा हुने विश्वकपको एसियन छनोटका लागि प्रशिक्षक जगत टमटाले शनिबार मात्र २४ सदस्यीय प्रारम्भिक टिम छनोट गरेका थिए । छनोट प्रतियोगिता नोभेम्बरमा आयोजना हुनेछ।…

ए डिभजिन लिग खेल्न इटालीबाट नेपाल आए विकास, च्यासलमा आबद्ध हुने चर्चा

इटालीमा व्यससायिक फुबटल खेल्दै आएका नेपाली मूलका विकास मेराग्लिया नेपाल आएका छन्। सहिद स्मारक ए डिभजिन लिग खेल्न विकास मंगलबार राति नेपाल आएका हुन्। विकासले आफ्नो फेसबुक पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको फोटो राख्दै १३ वर्षपछि नेपाल फर्किएको उल्लेख गरेका छन् । उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। विकासले फेसबुकै ठूलो घोषणाको तयारी…

टि–२० विश्वकप : बंगलादेशले ओमानलाई हरायो, सुपर १२ पुग्ने आशा कायमै

युएई र ओमान संयुक्तरुपमा आयोजना भइरहेको टि–२० विश्वकपको समूह चरणमा बंगलादेश विजयी भएको छ। मंगलबार राति ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा बंगलादेशले घरेलु टोली ओमानलाई २६ रनले हरायो। पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १५४ रनको पछ्याएको ओमान निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनमात्रै बनाउन सक्यो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए भने…

रोमाञ्चक खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको रोमाञ्चक खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ। मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरेपछि लिभरपुलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–२को रोमाञ्चक जित निकाल्यो। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले एक गोल गरे। एट्लेटिकोका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरेका थिए। वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलमा आठौं मिनेटमै…

भिनिसियसको २ गोलमा रियलको सहज जित

च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ। मंगलबार राति किभमा भएको खेलमा ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले २ गोल गरेपछि रियलले युक्रेनी क्लब सख्तर डोनेस्कमाथि ५–०को सहज जित निकाल्यो। रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने रोड्रिगो र करिम बेन्जिमाले एकरएक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।…

मेसी चम्किँदा पिएसजीको जित

लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा पिएसजी विजयी भएको छ । मंगलबार राति भएको खेल मेसीले २ गोल गरेपछि पिएसजीले जर्मन क्लब आरबी लेइपजिगमाथि ३–२को रोमाञ्चक जित निकाल्यो। पिएसजीको जितमा मेसीले दुई गोल गर्दा केलियन एमबाप्पेले एक गोल गरे । यता लेइपजिगका न्द्रे सिल्भा र नोर्डी मुकिलीले गोल गरेका थिए। खेलको नवौं मिनेटमा एमबाप्पेको…