Year: 2021

वर्ल्ड टेनिस टुर सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा वर्ल्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा समान ३२ पुरुष-महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । टुरका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु भएको छ । खेलाडीले हासिल गरेको अंकका आधारमा समान २२ पुरुष-महिला…

अनलाइन सुटिङमा सुस्मिताको जोडिन ६१९ अंक

प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा नेपालकी सुस्मिता नेपालले ६१९ अंक जोडेकी छिन् । सुस्मिताको यो अंक महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबारको सर्वाधिक अंक हो । यो स्थपर्धामा सुस्मितासहित ३ नेपाली महिला खेलाडी सहभागी थिए। एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले…

प्रधानमन्त्री कप : एपिएफलाई हराउँदै आर्मी बन्यो च्याम्पियन

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । शबिनार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा एपिएफलाई ३३ रनले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीलाई जित दिलाउने क्रममा हरि चौहानले ब्याटिङ र जितेन्द्र मुखियाले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । पहिला ब्याटिङ गर्दै आर्मीले दिएको…

प्रधानमन्त्री कप फाइनल : एपिएफलाई आर्मीले दियो २१२ रनको लक्ष्य

काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न एफिएफ क्लबले २१२ रनको मध्यम लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा त्रिभुवन आर्मी क्बले पहिला ब्यटिङ गर्दै एपिएफलाई २१२ रनको लक्ष्य दिएको हो । पुछारका ब्याट्सम्यानले आक्राम इनिङ खेलेपछि आर्मीले एपिएफविरुद्ध मध्यम लक्ष्य दिएको हो । ४० ओरमा १३५ रन मात्र…

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एफिएफ भिड्दै, आर्मीको खराब ब्याटिङ

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले कीर्तिपुरस्थित टियू मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब भिडिरहेका छन् । जारी खेलमा एपिएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मी ब्याटिङ गरिरहेको छ । पहिलो इनिङको ४० ओभर सकिँदा आर्मीले ५ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सकेको छ । उसको हरि…

आहा रारा गोल्डकप चैत १७ बाट

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल चैतको तेस्रो साताबाट सुरु हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक साहरा क्लब आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट सुरु हुने जनाएको हो । ए डिभिजन, मोहफसल र विदेशी क्लब गरी १२ टिम सहभगाी हुने प्रतियोगिता चैत २८ सम्म चल्ने छ । पत्रकार…

जेसी लिंगार्ड वेस्ट्हयामा

प्रियिमर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्ड अर्को प्रियिमर लिग क्लब वेस्टह्यामा आबद्ध भएका छन् । विन्टर ट्रान्सर विन्डो सकिनै लाग्दा लिंगार्ड लोनमा वेस्टह्याम गएका हुन् । यो सिजन युनाइटेडबाट अवसर नपएका लिंगार्ड सिजनको अन्त्यसम्म वेस्टह्याममा रहेन छन् । इंग्ल्यान्डका मिडफिल्डर लिंगार्डले यस सिजन मात्र ३ लिग खेल खेलेका थिए । वेस्टह्यामा आबद्ध भएपछि…