संकटामाथि आर्मीको पुनरागमन जित, दोस्रो स्थानमा उक्लियो
विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबमाथि ३–१को पुनरागमन जित निकाल्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो। एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्जप्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे भने संकटाका उत्तम राईले एक गोल गरे।…